२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरामा पुरिएर मृत्यु



प्रतीकात्मक तस्बिर
अ+ अ-

बझाङ । तलकोट गाउँपालिका–६ रजाडामा पहिरामा पुरिएर एक महिलाको मृत्यु भएको छ । 

धारामा पानी भर्दै गर्दा शुक्रबार दिउँसो जमिन भासिएर स्थानीयवासी ६० वर्षीया सुना दमाईँको पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रूपक खड्काले बताउनुभयो । 

अनुसार प्रहरीचौकी मेलबिसौनाबाट प्रहरीको टोली पठाएर दमाईँको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भइरहेको छ ।