• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   नयाँ राजनीतिक घटनाक्रममा बालेनको कटाक्ष: काले काले मिलेर खाऊ भाले ★   नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै ★   रोल्पाको तालाबाङमा जिप दुर्घटना: सात जनाको मृत्यु ★   नेपालको शिक्षा प्रणाली, एसईई परिणाम र तितो यथार्थ : एक आलोचनात्मक विश्लेषण ★   देउवाले आफ्नै निवासमा बोलाए पदाधिकारी बैठक ★   कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा के छ ? ★   कांग्रेस–एमाले सत्ता समीकरणमा सहमति, ओली चौथो पटक प्रधानमन्त्री बन्ने ★   बेल्जियमलाई हराउँदै फ्रान्स युरो कपको क्वाटरफाइनलमा ★   स्लोभेनियालाई पेनाल्टीमा हराउँदै पोर्चुगल युरो कपको क्वाटरफाइनलमा ★   सामुदायिक विद्यालयको एसईई उत्तीर्ण प्रतिशत ७८ : विश्व निकेतन बन्यो, देशभरिमै धेरै विद्यार्थीले ४ जीपीए…

प्रदेश संरचना आवश्यक छैन, देश टाट पल्टाउने सेतो हात्ती पाल्नुहुन्न –कमल थापा



काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकको आर्थिक अबस्था डरलाग्दो रुपमा धरासायी हुने तर्फ गैरहेको तर सत्तासिन दलहरु यसतर्फ उदासिन भएको आरोप लगाएका छन् ।

गम्भीर रुपमा बहस ,छलफल हुनुपर्ने बिषयमा भन्दा सत्ता केन्द्रित फोहरी खेलमा मात्र दलहरु लिप्त हुनु दुर्भाग्यपूर्ण भएको थापाको ठहर छ । आज केन्द्रीय पदाधिकारी र जिल्ला अध्यक्षहरुसङ्गको भर्चुअल बैठकलाई सम्बोधन गर्दै थापाले प्रदेश संरचना आर्थिक रुपमा खर्चिलो र बोझ भएको भन्दै यस्तो सेतो हात्ती मुलुकलाई आबश्यक नभएको उनको जिकिर छ ।

थापाले भने –’मुलुकलाई बिदेशीले ऋण पनि नपत्याउने स्थिती छ ,तलब भत्ता खान ऋण लिनुपर्ने भयो ,यस्तो अबस्थामा प्रदेश संरचनालाई निरन्तरता दिन हुदैन, खारेज गर्नुपर्छ ।’  मुलुकमा सबै क्षेत्रमा बेथिति र बिसङ्गती हाबी भएको भन्दै थापाले सस्तो लोकप्रियता र ताली भन्दा यथार्थमा गयर मुलुकको चुनौती समाधान गर्न सबै राष्ट्रबादी प्रजातान्त्रिक र हिन्दुबादी शक्ति एक हुनुपर्नेमा थापाले जोड दिए ।

राप्रपा नेपालले अंगिकार गरेको बैचारिक रोडम्यापले मात्र मुलुकको स्वाधिनता,लोकतन्त्र र आर्थिक समृद्धि हुने भएकोले तल्लो तहमा जान नेता कार्यकर्तामा आग्रह गरे । पार्टीलाई स्थापित गर्न धैर्यता, मेहनत र सक्रियताको आबश्यकता भएकोले उच्च मनोबल सहित संगठन केन्द्रित हुनुपर्नेमा थापाले जोड दिए । बैठकमा महामन्त्री त्रय भाष्कर भद्रा, सुशील श्रेष्ठ र राजाराम बर्तौलाले सचिवालय , प्रशिक्षण र संगठन सम्बन्धी प्रतिबेदन प्रस्तुत गरेका थिए भने । जिल्ला अध्यक्षहरुले जिल्लाको बस्तुस्थितीको बारेमा जानकारी गराएका थिए ।