२२ असार २०८३, सोमबार
,
Latest
बैतडीमा घर भत्किँदा तीन जना घाइते रास्वपाले बनायो २८ केन्द्रीय विभाग, मनोनयन हुन बाँकी विज्ञान र प्रविधिका क्षेत्रमा नयाँ कार्यक्रम तय हुँदैछ : मन्त्री पुन नेपाल विशेष सेवा ऐन, २९४२ को साविकको व्यवस्था जगाउने सम्बन्धि विधेयक, २०८३ प्रतिनिधि सभामा पेश गृहमन्त्री गुरुङ झापाको सीमा सुरक्षा र हात्ती प्रभावित क्षेत्रमा रास्वपासँग निकटताबारे प्रश्न गर्नेलाई बाबुरामको जवाफ: ‘म विकास र समृद्धिकै खोजीमा छु’ स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता…
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिपलाई ‘कोबायाशी पुरस्कार—२०२०’प्रदान



अ+ अ-

ललितपुर  । नेपालमा क्यान्सरको उपचार तथा रोकथाममा उल्लेखनीय योगदान गरेको भन्दै जापानको कोबायाशी फाउण्डेशनले नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठलाई ‘छैठौं कोबायाशी फाउण्डेशन पुरस्कार—२०२०’प्रदान गरेको छ ।

५ लाख जापानी येन अर्थात करीव ५ लाख ३६ हजार नेपाली राशीसहितको ‘हेल्थकेयर प्रोफेसनल’तर्फको उक्त पुरस्कार डा.श्रेष्ठलाई शनिबार विहान जापानमा आयोजना भएको क्यान्सरसम्वन्धि भर्चुअल विशेष सम्मेलनमा प्रदान गरिएको हो । फाउण्डेशनले २०७६ फागुनमा सो पुरस्कार प्रदान गर्ने घोषणा गरेको थियो । 

तर विश्वव्यापी महामारी कोरानाको कारण फाउण्डेशनको औपचारिक कार्यक्रम गतवर्ष स्थगित भएको थियो । केही महिनाअघिदेखि फेरि कोरानाकै कारण नेपाल र जापानमा लकडाउन भएकै कारण सो पुरस्कार डा.श्रेष्ठलाई शनिबार भएको फाउण्डेशनको भर्र्चुअल सम्मेलनमा प्रदान गरिएको हो । पुरस्कार वापतको राशी र प्रशंसापत्र यसै हप्ता नेपाल आउने जनाइएको छ । 
थाइल्याण्डका डा.अरुनी देचाफुनकुल र हङ्गकङ्गका प्रा.डा.टोनी मोकलाई पनि ‘छैठौं कोबायाशी फाउण्डेशन पुरस्कार—२०२०’ प्रदान गरिएको छ । भर्चुअल विशेष सम्मेलनमा बोल्दै कार्यकारी अध्यक्ष डा.श्रेष्ठले कोरानोको कारण क्यान्सर भएका विरामीको उपचारमा केही कठिनाई भएतापनि अस्पतालले स्वास्थ्य सुरक्षाका विभिन्न मापदण्ड अपनाएर चिकित्सक र स्वास्थ्यकर्मीको मनोवल उच्च राख्दै कोभिड भएका क्यान्सरका विरामीको सफल उपचार गरेको बताउनुभयो ।