२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

डब्ल्यूएचओका महानिर्देशकद्वारा स्वास्थ्यकर्मीको प्रशंसा, मुस्ताङको भिडियो ट्वीट गर्दै यसो भने



अ+ अ-

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस एडहानोम गेहब्रेयसले नेपाली स्वास्थ्यकर्मीको प्रसंशा गरेका छन् । 

उनले मुस्ताङमा नेपाली स्वास्थ्यकर्मीहरुले कोरोना खोप खोला तारेको भिडियो ट्वीट गर्दै प्रशंसा गरेका हुन् ।

असार १ गते मुस्ताङको छापताङ खोला बढेपछि खोप बगाउने डरले स्वास्थ्यकर्मीहरुले लठ्ठीको सहाराले खोला तार्न सफल भएका थिए । 

सामाजिक सञ्जालका नेपाली प्रयोगकर्ताहरुमाझ भाइरल भइरहेको यो दृश्यलाई डब्ल्यूएचओका महानिर्देशकले ट्वीट गर्दै उच्च प्रशंसा गरेका हुन् ।

 ‘धेरै ठाउँमा यी हिरोहरुलाई अझै खोपबाट वञ्चित गर्नु कति न्यायोचित होला ?’ उनले प्रश्न गरेका छन् । 

खोपको समान वितरणको वकालत गर्दै आएका टेड्रोसले भनेका छन्, ‘खोपको समान वितरणका लागि हाम्रो शक्ति र कर्तव्यअनुसार सकेजति गर्नुपर्छ, अहिले नगरे कहिले गर्ने ?’

मुस्ताङको लेतेमा असार १ गते कोरोना खोपको दोस्रो डोज लगाउने तालिका थियो । 

स्थानीय स्वास्थ्यचौकीमा ६० बर्षमाथिका जेष्ठ नागरिकलाई खोप लगाउन बोलाइसकेको अवस्थामा कोल्डस्टोरमा रहेको खोप ढुवानी गर्ने क्रममा स्थानीय छापताङ खोलामा बढेर आयो । गाडी तार्न सक्ने अवस्था नभएपछि गाडी चालक र स्वास्थ्यकर्मीले लठ्ठीको सहाराले खोप राखिएको बाकस तारेका थिए ।