२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको प्रदूषित सहरको सूचीमा पहिलो स्थानमा काठमाडौं



अ+ अ-

काठमाडौं । पछिल्लो एक सातायता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरको अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीको पहिलो स्थानमा रहेको छ ।

बिहान मात्रै प्रदुषित शहरको सूचीमा चौथौ नम्बरमा रहेको काठमाडौं अहिले पहिलो नम्बरमा पुगेको छ । अहिले काठमाडौंको एक्यूआइ १९४ छ ।

एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक भएको बुझिन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।

सूचीको दोस्रोमा थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । यस्तै तेस्रो स्थानमा भारतको कोलकत्ता, चौथो स्थानमा थाइल्याण्डको बैंकक र पाँचौ नम्बरमा पाकिस्तानको लाहोर रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशभर डढेलोको कारण वायु प्रदुषण बढेको बताएको छ । यो मौसमले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पार्ने भएकाले मर्निङ वाक नगर्न र मास्कको अनिवार्य प्रयोग गर्न जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् ।