५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्वको प्रदूषित सहरहरुको सूचीमा चौथो स्थानमा काठमाडौं



अ+ अ-

काठमाडौं । पछिल्लो एक सातायता नेपालको वायु अस्वस्थकर बन्दै गएको छ । हावाको प्रदुषण मापन गर्ने एयर भिजुअल सूचक आइक्यू एयरको अनुसार काठमाडौं विश्वकै प्रदूषित सहरहरुको सूचीको चौथो स्थानमा रहेको छ ।

एअर क्वालिटी इन्डेक्स (एक्यूआइ) १५० भन्दा माथि भएमा अस्वस्थकर मानिन्छ । एक्युआई ३०० भन्दा बढी हुनु निकै घातक भएको बुझिन्छ र यो अवस्थामा विपद घोषणा गरिनुपर्छ ।

अहिले काठमाडौंको एक्यूआइ १८५ रहेको छ । आइतबार सूचीको पहिलो स्थानमा एक्यूआइ २३० सहित थाइल्याण्डको च्याङमाइ सहर रहेको छ । यस्तै दोस्रो स्थानमा बंगलादेशको ढाका सहर छ । तेस्रो स्थानमा भारतको दिल्ली, चौथोमा काठमाडौं र पाँचौ नम्बरमा थाइल्याण्डको बैंकक रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले देशभर डढेलोको कारण वायु प्रदुषण बढेको बताएको छ । यो मौसमले श्वासप्रश्वास प्रणालीमा गम्भीर असर पार्ने भएकाले मर्निङ वाक नगर्न र मास्कको अनिवार्य प्रयोग गर्न जनस्वास्थ्यविद्हरुले आग्रह गरेका छन् ।