• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

उद्योग वाणिज्य महासंघका पदाधिकारीको पदबहाली आज



फाईल फोटो

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुले आज पदबहाली गर्ने भएका छन् ।

गत वर्षको चैत्र २८ र २९ गते काठमाडौंमा सम्पन्न अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुले आज बिहान ११ बजे पदबहाली गर्न लागेका हुन् ।

महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने व्यवस्था भएकाले बिहीबार सम्पन्न ५७औं साधारणसभाले ढकाललाई २०औं अध्यक्ष घोषणा गरेको थियो।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् ।