२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोटेनहमविरुद्ध बर्नमाउथको रोमाञ्चक जित



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत टोटेनहम पराजित भएको छ । शनिबार राति सम्पन्न खेलमा टोटेनहम बर्नमाउथसँग आफ्नै घरेलु मैदानमा ३–२ गोलले स्तब्ध बनेको हो ।

खेलमा सुरुवाती अग्रता भने टोटेनहमले लिएको थियो । १४ औं मिनेटमा सन हेउंग मिनले गोल गर्दै टोटेनहमलाई सुरुवाती अग्रता दिलाएका थिए । ३८ औं मिनेटमा मासियस भिनाले गोल गर्दै बर्नमाउथलाई १–१ गोलको बराबरीमा ल्याए ।

५१ औं मिनेटमा डोमिनिच सोलान्केले गोल गर्दै बर्नमाउथलाई २–१ ले अघि बढाए । यता, ८८ औं मिनेटमा अर्माउट डान्जुमाले गोल गर्दै टोटेनहमलाई २–२ को बराबरीमा ल्याए । रोमाञ्चक बनेको खेलको इन्जुरी समयमा ९०+५ मिनेटमा डांगो क्वाटाराले गोल गर्दै बर्नमाउथलाई ३–२ गोलले जित दिलाए ।

यो नतिजासँगै ३१ खेलबाट ५३ अंकका साथ टोटेनहम तालिकाको ५ औं स्थानमा छ । बर्नमाउथ समान खेलबाट ३३ अंकका साथ १४ औं स्थानमा छ ।