२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

देउवालाई पहिल्यै गाँसमा ढुंगा !

देउवालाई पहिल्यै गाँसमा ढुंगा !
अ अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जे नहोस् भनेका थिए, आखिर त्यही भएको छ । सनिबार आफ्नो निवास बुढानीलकण्ठमा जुन आशंकाले उनले काँग्रेसका केही नेता कार्यकर्ताको बैठक बोलाएका थिए, त्यो खुला भएको छ । 

सभापति देउवाले आज प्रदेश नं २ का काँग्रेस नेताहरुको बैठक बोलाएका थिए । बैठक दिवा भोज सहितको थियो । त्यसै अनुसार दुई नं प्रदेशका केही नेता निर्धारित समयमै बिहान ११ बजे पुगेका थिए । त्यस समयमै देउवाले कुरा नारे र छलफल पनि शुरु भयो । 

प्रसंग थियो नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनको । कुराकानी पनि त्यसैमा केन्द्रित थियो । शुरुमा देउवाले भदौमा महाधिवेशन गर्न सकिएला केरे भनेर कुरा शुरु गरेका थिए । काँग्रेस नेता आनन्दप्रसाद ढुंगानाले शुरुमै भने, महामारीले के भन्छ नत्र त सकिन्छ नि किन नसक्नु ? 

बैठकमा ढुंगानासहित जंगीलाल यादवलगायत अरु नेता पनि थिए । तर देउवाको टार्गेटमा थिए विमलेन्द्र निधि । यसमा निधिले पनि सकिन्छ भनेर जवाफ दिए । शुरुमा यसै विषयमा हल्का फुल्का कुरा नै भयो । त्यसपछिको खास कुरा थियो देउवा र निधिको ।
 
खासमा देउवाले निधिको सहयोगको याचना गरेका थिए । उनले आफू आगामी महाधिवेशनमा एक पटकका लागि सभापति उठ्ने जानकारी गराए । त्यतिमात्र पनि उनको उद्देश्य थिएन । आजको भेटघाटको खास उद्देश्य थियो कि देउवाले दुई नं प्रदेशका नेताहरुकै रोहबरमा अफ्नो सहयोग माग्ने ।  

त्यसै अनुसार देउवाले निधिसँग सहयोग पनि मागे । उनले भनेका थिए, ल निधि म एकपटकलाई फेरि सभापतिमा उठ्ने निर्णय गरेको छु, तिमीहरुको सहयोग चाहिन्छ, यो मेरो अन्तिम पटक हुनेछ ।  

आसन्न १४औं महाधिवेशनमा पनि सभापति उठ्ने तयारी थालेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फायर खोलेपछि विमलेन्द्र निधिले भने सहज रुपमा लिएनन् । उनले तुरुन्तै प्रतिक्रिया जनाए । र भने, यस पटक त मैले उठ्ने भनेरै सभापतिजीलाई पटक पटक भनेको छु नि । 

तर यो अपेक्षित जवाफ थियो देउवाका लागि । उनले गत वर्ष नै हुने भनिएको काँग्रेसको महाधिवेशनमा नै आफू सभापति उठ्ने प्रचार गराएका थिए । आज पनि त्यही भने । उनको भनाई उद्धृत गर्दै एकजना निधि निकट नेताले भने, होइन यसपालि म उठ्छु मलाई तपाइँको सहयोग चाहिन्छ, तपाईँ प्रधानमन्त्री हुनुहोला म पूरै सहयोग गर्नेछु । 

तर देउवाले मानेनन् । उनले यस पटक मलाई सहयोग गर्नु, अर्काे पटक म निधिलाई सभापतिमा सहयोग गर्छु भने । त्यसपछि पनि निधिले भने होइन, अर्काे पटक धेरै ढिला भइसक्छ, कोइराला क्याम्पले अब छोड्दैनन् ।  

देउवाले आज पहिलो पटक पार्टी सभापति उठ्ने औपचारिक जानकारी पनि गराएका छन् र आफ्नो समूहका नेताहरुसँग छलफल पनि थालेका छन् । आज पहिलो दिन नै २ नं प्रदेशका ेनेताहरुसँग उनले छलफल थालेको कारण पनि निधिसँग आवश्यक सहयोगको याचनाकै लागि थियो । 

देउवा निकट स्रोत भन्छ निधिले पहिले देखि नै अबको महाधिवेशनमा उठ्ने प्रचार गराएकोले नै सभापति देउवाले २ नं प्रदेशका नेताहरुसँग आजको पहिलो बैठक बोलाएका थिए । ती नेताले भने तर पहिल्यै गाँसमा ढुंगा भनेजस्तै भयो ।  

तर देउवाले भने आफू सभापति उठ्ने भन्दै धेरैभन्दा धेरै महाधिवेशन प्रतिनिधि जुटाउन आग्रह गरिरहेका थिए ।

निधि लामो समयदेखि देउवाकै क्याम्पमा छन् । यसरी आफ्नो समूहमा रहेका निधिको प्रस्तावलाई सभापति देउवाले सहज रुपमा नलिएको एक नेताले बताए । पटक पटक भन्दा पनि निधिले अडान नछोडेपछि देउवाले लड्ने भए लड्नुस्, त्यो तपाईंको अधिकार हो भनेर बोल्न छोडेका थिए । 

यसमा निधिले आफू लामो समयदेखि टिममा रहेको र देउवाकै समर्थनमा सभापति लड्न चाहेको बताएका थिए । उनले सभापति देउवालाई सभापतिमा चुनाव लड्ने तयारीबारे पुनर्विचार गर्न समेत आग्रह गरेको एक नेताले बताए ।

कांग्रेसले शुक्रबार मात्र १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई अन्तिम रुप दिएको छ, जसअनुसार केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म हुनेछ । त्यसपछि आज पहिलो पटक देउवाले सभापतिमा उठ्ने जानकारी गराएका हुन् र निधिसँग छलफलका लागि २ नं प्रदेशका नेतासँगको छलफलको आयोजना गरेका थिए ।