युरोकप फुटबल २०२० अन्तर्गत आज साँझ सम्पन्न पहिलो खेलमा हंगेरीले डिफेन्डिङ विश्व च्याम्पियन फ्रान्सलाई बराबरीमा रोकेको छ ।
हंगेरीको बुडापेस्टस्थित गृह मैदानमा आयोजित खेलमा हजारौं दर्शकमाझ पहिलो हाफको इन्जुरी समयमा हंगेरीका अटिला फियोलाले डिबक्सभित्रबाट सुन्दर गोल गरेका थिए । फ्रान्सका तर्फबाट ६६औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले बराबरी गोल गरेका थिए ।
हुनत, खेलको शुरुमै फ्रान्सले गोल गर्ने धेरैवटा अवसर पाए पनि त्यसलाई गुमाएको थियो । बेन्जिमा, किलम्यान एम्बापेले धेरै वटा अवसर खेर फालेका थिए ।
खेलमा फ्रान्सले ६७ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि हंगेरीको डिफेन्सलाई तोड्न सकेको थिएन ।
यो बराबरीसँगै समूहमा फ्रान्सले ४ अंक जोडेर पहिलो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा पोर्चुगल छ र उसको ३ अंक छ । चौथो स्थानमा हंगेरीको १ अंक छ भने जर्मनीले यसअघिको खेलमा फ्रान्ससँग पराजित भएका कारण कुनै अंक जोड्न सकेको छैन ।
आजै राति ९.४५ बजे जर्मनी र पोर्चुगलबीच खेल हुँदैछ । नकआउट चरणमा प्रवेशका लागि यो खेल जर्मनीका लागि निकै महत्वपूर्ण हुनेछ ।
––