२२ असार २०८३, सोमबार
,
Latest
संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२० : विश्व च्याम्पियन फ्रान्सलाई हंगेरीले बराबरीमा रोक्यो



अ+ अ-

युरोकप फुटबल २०२० अन्तर्गत आज साँझ सम्पन्न पहिलो खेलमा हंगेरीले डिफेन्डिङ विश्व च्याम्पियन फ्रान्सलाई बराबरीमा रोकेको छ ।

हंगेरीको बुडापेस्टस्थित गृह मैदानमा आयोजित खेलमा हजारौं दर्शकमाझ पहिलो हाफको इन्जुरी समयमा हंगेरीका अटिला फियोलाले डिबक्सभित्रबाट सुन्दर गोल गरेका थिए । फ्रान्सका तर्फबाट ६६औं मिनेटमा एन्टोनियो ग्रिजम्यानले बराबरी गोल गरेका थिए ।

हुनत, खेलको शुरुमै फ्रान्सले गोल गर्ने धेरैवटा अवसर पाए पनि त्यसलाई गुमाएको थियो । बेन्जिमा, किलम्यान एम्बापेले धेरै वटा अवसर खेर फालेका थिए ।

खेलमा फ्रान्सले ६७ प्रतिशत बल आफ्नो नियन्त्रणमा राखे पनि हंगेरीको डिफेन्सलाई तोड्न सकेको थिएन ।

यो बराबरीसँगै समूहमा फ्रान्सले ४ अंक जोडेर पहिलो स्थानमा उक्लिएको छ । दोस्रो स्थानमा पोर्चुगल छ र उसको ३ अंक छ । चौथो स्थानमा हंगेरीको १ अंक छ भने जर्मनीले यसअघिको खेलमा फ्रान्ससँग पराजित भएका कारण कुनै अंक जोड्न सकेको छैन ।

आजै राति ९.४५ बजे जर्मनी र पोर्चुगलबीच खेल हुँदैछ । नकआउट चरणमा प्रवेशका लागि यो खेल जर्मनीका लागि निकै महत्वपूर्ण हुनेछ ।
––

 




भर्खरै