एजेन्सी । युरो २०२० अन्तर्गत समूह चरणको खेलमा जर्मनीले पोर्चुगललाई हराएको छ । शनिबार राति जर्मनीको एलियान्ज एरेना (बार्यन म्युनिख) मैदानमा भएको खेलमा जर्मनीले पोर्चुगललाई ४- २ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १५ औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलले खेलमा सुरुवाती अग्रता बनाएको थियो । ३५ औं मिनेटमा रुवेन डियाज र ३९ औं मिनेटमा राफाएल गुरेइरोले पोर्चुगलका लागि आत्मघाती गोल गरेपछि खेलमा जर्मनीले अग्रता बनायो ।
५१ औं मिनेटमा काई हाभेज्र्टले गोल गर्दै जर्मनीको अग्रता तेब्बर पारे । ६० औं मिनेटमा रोबीन गोसेन्सले गोल गर्दै जर्मनीलाई ४-१ गोलको अग्रता बनाए । ६७ औं मिनेटमा डिओगो जोटाले गोल गरेपनि उनको गोल सान्त्वना गोल हुन पुग्यो ।
जितसँगै समूह एफमा रहेको जर्मनीको २ खेलबाट ३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । यस्तै पोर्चुगल समान खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ । फ्रान्स ४ अंकसहित शीर्षस्थानमा छ भने हंगेरी १ अंकसहित पुछारमा छ ।