२२ असार २०८३, सोमबार
,
Latest
एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत काठमाडौंमा दलाई लामाको जन्मदिन यसरी मनाइयो- फोटो फिचर तिब्बती धर्मगुरु दलाइ लामाको ९१ औं जन्मदिन मनाइयो रास्वपाको नयाँ विधान : ‘राइट टु रिकोल’, ओपन लेजर र ३३ प्रतिशत महिला–युवा प्रतिनिधित्व अनिवार्य सरकार जनताको जल्दोबल्दो समस्या समाधानमा गर्न गम्भिर नभएको प्रतिनिधि सभाका सांसदहरुको गुनासो आन्तरिक रोजगारी सरकारको पहिलो प्राथमिकता, श्रम निरीक्षण ६० प्रतिशतले बढ्यो : मन्त्री यादव सुरक्षण मुद्रण केन्द्रलाई आत्मनिर्भर र प्रतिफलमुखी संस्थाका रूपमा विकास गर्ने सरकारको योजना : सञ्चारमन्त्री डा… संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जर्मनीद्वारा पोर्चुगल पराजित



अ+ अ-

एजेन्सी । युरो २०२० अन्तर्गत समूह चरणको खेलमा जर्मनीले पोर्चुगललाई हराएको छ । शनिबार राति जर्मनीको एलियान्ज एरेना (बार्यन म्युनिख) मैदानमा भएको खेलमा जर्मनीले पोर्चुगललाई ४- २ गोल अन्तरले पराजित गरेको हो । 

खेलको १५ औं मिनेटमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगलले खेलमा सुरुवाती अग्रता बनाएको थियो । ३५ औं मिनेटमा रुवेन डियाज र ३९ औं मिनेटमा राफाएल गुरेइरोले पोर्चुगलका लागि आत्मघाती गोल गरेपछि खेलमा जर्मनीले अग्रता बनायो । 

५१ औं मिनेटमा काई हाभेज्र्टले गोल गर्दै जर्मनीको अग्रता तेब्बर पारे । ६० औं मिनेटमा रोबीन गोसेन्सले गोल गर्दै जर्मनीलाई ४-१ गोलको अग्रता बनाए । ६७ औं मिनेटमा डिओगो जोटाले गोल गरेपनि उनको गोल सान्त्वना गोल हुन पुग्यो ।

जितसँगै समूह एफमा रहेको जर्मनीको २ खेलबाट ३ अंकसहित तालिकाको दोस्रो स्थानमा रहेको छ । यस्तै पोर्चुगल समान खेलबाट ३ अंकसहित तेस्रो स्थानमा छ । फ्रान्स ४ अंकसहित शीर्षस्थानमा छ भने हंगेरी १ अंकसहित पुछारमा छ । 




भर्खरै