२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित पूर्वराज्यमन्त्री तप्तबहादुर बिष्टको निधन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका नेता एंव पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको निधन भएको छ। कोरोना संक्रमित बिष्टको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज (आइतबार) बिहान पाँच बजेतिर उनको निधन भएको हो ।

बिष्टलाई केही दिनअघि मात्र हेलिकप्टरमा थप उपचारका लागि काठमाडौं ल्याइएको थियो। उनको सुर्खेतमा कोरोना संक्रमणको उपचार गराइरहेको थियो लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित हुनुभएको थियो ।

उहाँ २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बन्नुभएको थियो ।