४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

सिंहदरबारको फोहर र संघीयता

सिंहदरबारको फोहर  र संघीयता
अ+ अ-

काठमाडौँ महानगरका मेयर बालेन शाहले ‘अब काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहर उठाउँदैन ‘ भन्ने भनाइको समाचार अहिले प्रथम पृष्ठमा छ। उनको यो भनाई प्रजातान्त्रिक छ। जनबोलीमा आकर्षक पनि छ। किनकि सिंहदरबार प्रति विगतदेखि अहिलेसम्म जनताहरु सन्तुष्ट छैनन्।

प्रतिकात्मक रुपमा सिंहदरबारको विरोधले काठमाडौं महानगरका मेयरले राम्रो समर्थन पाएका छन्। उनको यो दुई अर्थी भाषा भित्र राजनीतिक स्वार्थ र संघीयताको मर्म लुकेको छ। तर यो मर्मलाई सिंहदरबारले कतिको बुझ्न सक्छ र चिन्तन गर्न सक्छ । देशभर संघीयताको प्रभावकारीता यसैमा निर्भर हुन्छ।

सिंहदरबार ढिलो छ । सिंहदरबारको चलाएमानले प्रदेश, स्थानीय तह दौडन्छन् । यो नै नेपालमा संघीयताको प्रभावकारी कार्यान्वयन पनि‌ हो । तर सिंहदरबार भित्रको पुरातन र परम्परावादी कर्मचारितन्त्र र पुरानै सोचको राजनितिक नेतृत्व भित्र थुप्रै असन्तुष्टि छन् । यो असन्तुष्टि प्रदेश र स्थानीय तह दुवैमा छ । मेयर शाहको भनाइमा दुइटा अर्थ प्रष्ट देखिन्छ।

एउटा त राजनीतिक व्यक्तित्वले सधैंभरि तुरुप फाल्छन।यो स्वाभाविक हो। जसबाट आफु सधै प्रथम पृष्ठमा रहिरहन पाइन्छ। उनी यस्तो भाषा प्रयोग गर्न माहिर पनि छन्। दिल्लीमा केजरीवाल मुख्यमन्त्री भएपछि उनले केन्द्रीय सरकारका सबै नीतिको उल्लंघन गरे। बिजुलीको बिलमा सिमान्त वर्गलाई पूरै छुट दिए। पानीको खपत र वितरणमा कायापलट नै गरिदिए। सँगै रहेको केन्द्रीय सरकार मुकदर्शक जस्तै बन्यो।

उनले सिधै केन्द्रीय सरकारका विगतका चुनौतीलाई सामना गरे । र उनको राजनीतिक दायरा अहिले अन्य प्रदेशमा पनि फैलिएको छ। तर त्यहाँको केन्द्रीय सरकार प्रजातन्त्र प्रतिको संवेदनशिलता र प्रजातन्त्र भित्रको निहित राजनीतिक स्वार्थलाई राम्ररी बुझ्ने गर्छ।

हाम्रो संविधान सहकारिता, सहअस्तित्व र समन्वयमा आधारित छ। सङ्घ प्रदेश र स्थानीय तह कसैले पनि अधिकारको प्रयोग र कर्तव्यको पालनामा सीमांकन गर्न पाइदैन ।तीनओटै एकाइ मिलेर सुशासन र समृद्धि र विकास गर्ने सिद्धान्त संविधानको हो। यो विषय स्थानीय तहका नेतृत्वले बुझेको छैन भन्न मिल्दैन। अधिकार र कर्तव्य बुझ्नेले पात्र संविधानको मर्मलाई बुझ्ने गर्छ। जबसम्म केन्द्रीय सरकार तल्लो सरकारको सहयोगी हुन सक्दैन तबसम्म नेपालको सँघीयता जनमुखी हुँन गारो छ।

सिंहदरबारमा थुप्रै फोहर छन्। प्रदेश र स्थानीय तहसम्म बेलैमा कर्मचारी व्यवस्थापन गरेको भए आज संघीयताका आलोचक बढ्ने थिएनन्। सिंहदरबारको राजनीति भित्र थुप्रै अडियो टेप बाहिर सुनिएका छन्। यसबाट नीतिगत तह कोही अछुतो छैन । मिलोमतोको भ्रष्टाचार नीतिगत तहमा उच्च छ ।भर्खरै चुनावबाट भस्टचारको विरोध गर्नेहरु अहिले त्यसैमा रमाउन थालेका छन् ।

दलाली तन्त्र फेरि बढेको छ। पैसा नभै कुनै काम हुँदैन ।आर्थिक मन्दीको चपेटाबाट देश कसरी उकास्ने भन्ने चिन्तन भन्दा व्यक्तिगत उन्नति र फाइदाको चिन्तन सिंहदरबारभित्र उच्च छ । यस्ता फोहरहरु भौतिक फोहरभन्दा कैयौं गुणा घातक छन्। चन्द्रशमशेरले सिंहदरबारको पटाङगिनीबाट आदेश गरेभन्दा फरक शासन अहिले पनि देख्न गाह्रो छ ।

प्रजातन्त्रका प्रणेता जे एस मिलले भनेका छन् ‘प्रजातन्त्रको खतरा नै प्रजातन्त्र हो। किनकि प्रजातन्त्रले आफ्नो सीमाको रक्षा गर्दैन’। प्रजातन्त्र भित्र दुईवटा तन्त्रले काम गरेको हुन्छ। राजनीतिक स्वार्थको रक्षा र प्रजातन्त्रको सुरक्षा। हाम्रो देशमा राजनीतिक स्वार्थको रक्षाको लागि संघीयता रक्षाकवच हुन गाह्रो छ। जनअपेक्षा थुप्रै छन। ७५३ वटा पालिकाको विकास , केन्द्रको उत्तरदायी र अनुशासन बिना सम्भव छैन।

जुन फोहर सिंहदरबारमा थुप्रिएर बसेको छ ।जबसम्म सिंहदरबारको नीति स्थानीय तहको कार्यसम्पादनमा प्रभावी हुनसक्तैन ।तबसम्म सिंहदरवारमा फोहोर थुप्रि रहन्छ। यसले काठमाडौँ बासीलाई मात्र दु:ख दिँदैन समग्र देशको शासन प्रणालीलाई सताइरहन्छ।

राजनीतिभित्र पनि योग्यता हुन्छ। मतपत्र योग्यताको प्रजातान्त्रिक अभ्यास हो। तर व्याक्तिको योग्यतामा उसको सुझबुझ ,जिम्मेवारी, उत्तरदायित्व वहन गर्ने क्षमता, पारदर्शिता नैतिकता मुख्य हुन्। अहिलेको सिंहदरबारको राजनीति र नेतृत्व पुरानो भन्दा फरक छैन।

नीतिगत हिसाबले स्थानीय तह र संघीय सरकार दुबै फोहोर व्यवस्थापन गर्ने जिम्मेवार इकाई हुन्। तर यो विषय नतिजाप्रति जिम्मेवार कर्मचारीतन्त्र र स्वार्थ रहित राजनीतिक नेतृत्वबाट मात्र सम्भव छ। यी समस्याहरू क्रमश: सिंहदरबार हुँदै तल्लो स्थानीय सतहसम्म नपुगलान् भन्न सकिँदैन । संघीयताको पूर्ण कार्यान्वयनका लागि नेतृत्व तह भौतिक र अभौतिक दुवै फोहर व्यवस्थापन गर्नमा सचेत हुन जरुरी छ।