२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम

कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रकम
अ अ+ अ-

वाग्मती । वाग्मती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न छ अस्पताललाई कोभिड–१९ सङ्क्रमण रोकथाम र उपचारका लागि रु दुई करोड ५५ लाख उपलब्ध गराउने भएको छ । प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णयानुसार कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत छ अस्पताललाई उक्त रकम उपलब्ध गराउने भएको हो । 

निर्णयानुसार दोलखाको सिङ्गटी अस्पताललाई रु २० लाख, धुलिखेल अस्पताल मातहत नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई रु २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई रु ३० लाख, भक्तपुरको नेपाल–कोरियामैत्री नगरपालिका अस्पताललाई रु ३५ लाख, काठमाडौँको मनमोहन मेमोरियल सामुदायिक अस्पताललाई ५० लाख र भक्तपुरकै ख्वपः अस्पताललाई रु एक करोड उपलब्ध गराइने छ ।

यसैगरी बैठकले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढीपीडितका लागि तत्काल आवश्यक खाद्यान्न सामग्री जिल्ला विपद् व्यवस्थापन समिति सिन्धुपाल्चोक पठाउने निर्णय गरेको छ । मनसुनबाट हुने क्षति रोकथाम एवं उद्धारका लागि प्रदेश आपत्कालीन केन्द्रअन्तर्गत गोदामघरमा भएको उद्धार सामग्री प्रदेश प्रहरीको समन्वयमा धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे र दोलखाका जिल्ला प्रहरी कार्यालयमा तत्काल पठाइने भएको हो । समितिले प्रदेश विपद् व्यवस्थापन कोषमा रु १० करोड रकम थप गर्न आर्थिक मामिला मन्त्रालयलाई पत्राचार गर्ने भएको छ । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि विपद् व्यवस्थापन गर्न रु १० करोड बजेट विनियोजन गरेको थियो ।

खाद्यान्न सामग्री सहयोग

नेपाल राष्ट्रिय उद्योग व्यवसाय महास¬ङ्घ मकवानपुरले मकवानपुरको भीमफेदी गाउँपालिकास्थित आइसोलेशन वार्डलाई खाद्यान्न सामग्री सहयोग गरेको छ । शनिबार महासङ्घ मकवानपुरले भीमफेदी आइसोलेशन पुगेर चामल, चिउरा, दाल, तेल, अण्डा, चाउचाउ, बिस्कुट, पानी र साबुन सहयोग गरेको हो ।

भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र उपाध्यक्ष पार्वती रानालाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो । खाद्यान्न सामग्री हस्तान्तरण गर्न महासङ्घका मकवानपुर जिल्ला अध्यक्ष चक्रधर बिडारी, नेकपा (एमाले)का केन्द्रीय सदस्य रामेश्वर राना, मकवानपुर जिल्ला अध्यक्ष एकालाल श्रेष्ठ, संविधानसभा सदस्य अनन्त पौडेल, महासङ्घका केन्द्रीय सदस्य विष्णुहरि पण्डित र राजेन्द्र लामिछाने आइसोलेशन वार्ड पुग्नुभएको थियो । यसअघि पनि नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घ मकवानपुरले हेटौँडा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेको थियो ।