२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

घट्दै भरतपुर महानगरको बेरुजु

घट्दै भरतपुर महानगरको बेरुजु
अ अ+ अ-

चितवन । भरतपुर महानगरपालिकाको बेरुजुको परिमाण र प्रतिशत घट्दै गएको छ । महानगरले आज एक विज्ञप्ति प्रकाशित गरी जनप्रतिनिधि आएपछि बेरुजुमा कमी आएको जनाएको हो । महानगरका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाद्वारा जारी विज्ञप्तिमा कूल बेरुजुमध्ये निर्वाचन हुनुभन्दा पहिलाको ६८.९६ प्रतिशत र जनप्रतिनिधि आइसकेपछिको चार वर्षको जम्मा ३१.०४ प्रतिशत रहेको उल्लेख छ । बेरुजुको ठूलो हिस्सा नियमित तथा पेश्की बेरुजुको रहेको र असुलउपर गर्नुपर्ने अधिकांश असुलउपर भएको जनाइएको छ । जनप्रतिनिधि आउनुअघिको महानगरको बेरुजु रु ६६ करोड ८९ लाख थियो । जनप्रतिनिधि आएपछिको बेरुजु रु ३० करोड ११ लाख रहेकोमा केही दिनभित्रै ६० प्रतिशतभन्दा बढी फछ्र्योट हुने महानगरले जनाएको छ । 

बाँकी बेरूजु फछ्र्योटका लागि महानगरपालिकाले बेरूजुको लगत राख्ने, वर्गीकरण गर्ने तथा अध्ययन गर्नका लागि बेरूजु फछ्र्योट समिति गठन गरेको विज्ञप्तिमा उल्लेख छ । लेखा समितिले निरन्तर कार्य गरिरहेको र नियमित गर्ने बेरूजुको लगत तयार गरी सोको प्रमाण जुटाई लेखा समिति, बेरूजु फछ्र्योट समिति हुँदै लेखा उत्तरदायी अधिकृतको निर्णयबाट नियमित गरी फछ्र्योट गरेको प्रमाण महालेखा परीक्षकको कार्यालयमा पेश गरी सम्परीक्षण गराई लगतकट्टा गर्ने चरणमा रहेको जनाइएको छ । 

महानगरका लेखा प्रमुख जगन्नाथ अर्यालले जनप्रतिनिधि आएपछि भएका बेरुजु अधिकांश पेश्की र नियमित बेरुजु भएको बताउनुभयो । उहाँका अनुसार असुलउपर गर्नुपर्ने बेरुजु न्यून मात्रै रहेको छ । केही दिनभित्रै ६० प्रतिशतभन्दा बढी बेरुजु फछ्र्योट हुने चरणमा रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “जनप्रतिनिधि आउनुअघिको विभिन्न नगरपालिका गाभिएकाले आवश्यक कागजपत्र उपलब्ध हुन कठिन हुँदा फछ्र्योट गर्न समस्या भएको छ ।” उहाँका अनुसार नियमित र पेश्की बेरुजु अधिकांश कार्यालयमा हुने भए पनि क्रमशः आवश्यक कागजपत्र पु¥याएपछि फछ्र्योट हुँदै जान्छन् । 

अर्यालले भन्नुभयो “बेरुजु अनियमितता र भ्रष्टाचार होइन, नियमित गर्ने विषय हो ।” बेरुजु आउनुमा स्थानीय सरकार मात्रै जिम्मेवार नभएर प्रदेश र सङ्घले समयमै कार्यविधि, नीति नियम नबनाउनु र महालेखा परीक्षकको कार्यालयबाट वर्षको एक मात्रै सम्परीक्षण हुने हुँदा पनि बेरुजु बढेको र फछ्र्योट गर्न समय लागेको अर्यालको भनाइ छ । अन्य स्थानीय तहको तुलनामा भरतपुर महानगरमा बेरुजुको मात्रा बढी नभएको अर्यालको दावी छ । गत आर्थिक वर्षमा भरतपुर महानगर बेरुजु फछ्र्योटमा देशकै दोस्रो भएको अर्याल बताउनुहुन्छ । 

महानगरपालिकाले सङ्घ र प्रदेश सरकारले निर्माण गरेको कानून तथा आफ्नो अधिकार क्षेत्रभित्र पर्ने विषयमा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै सेवाप्रवाहमा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत खतिवडाले बताउनुभयो । उहाँले वार्षिकरूपमा आफ्नो काम कारवाही, आर्थिक तथा समग्र विकासको गुणस्तरीयताका सम्बन्धमा समयमै आन्तरिक तथा अन्तिम लेखापरीक्षण सम्पन्न गरेको जानकारी दिनुभयो ।