५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयमा शास्त्रले के कर्म गर्न निषेध गरेको छ?



अ+ अ-

काठमाडौँ । गुरु तथा शुक्र अस्त र मलमासजस्ता अशुद्ध समयका बेलामा शास्त्रले निषेध गरेका कर्म नगर्न सनातन विद्वत् परिषद् नेपालले अनुरोध गरेको छ ।

सनातनधर्माबलम्बी भन्नेले जानेर वा नजानेर शास्त्रले अशुद्ध समय भनेको बेलामा निषेध गरिएका कर्म गरिरहेको सूचना परिषद्मा प्राप्त भएकाले त्यस्ता कर्म नगर्न उपाध्यक्ष प्रा भवानीप्रसाद खतिवडाले आज जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । अहिले शुक्र अस्त भए पनि पशुपति क्षेत्रलगायत धार्मिकस्थलमा यज्ञलगायत धार्मिक यज्ञयागादी चलिरहेको छ ।

गत चैत १७ गते शुक्रबारदेखि गुरुअस्त भई यही वैशाख १५ गते शुक्रवार उदय हँदैछ । त्यसैले चैत १७ गतेदेखि नै कुनै कामना राखेर गरिने कर्म नगर्न परिषद्ले विज्ञप्तिमार्फत आह्वान गरेको हो । गुरुअस्त भएका दिनदेखि गुरुको अस्त दोष र वैशाख १६ गतेदेखि १८ गतेसम्म गुरुको बाल्य दोष रहन्छ ।

गुरु तथा शुक्र अस्तका बेला इनार, बगैँचा, तलाउ निर्माण, गृहारम्भ, गृहप्रवेश, मन्दिर निर्माण, देवताको प्राणप्रतिष्ठा, चान्द्रायण आदि व्रत आरम्भ र उद्यापन, बधुप्रवेश, तुलादान आदि महादान, सोमयाग, अष्ट श्राद्ध, प्रथम उपाकर्म, वेदव्रत, काम्य वृषोत्सर्ग, शिशुको अतिक्रान्त संस्कार, दीक्षा ग्रहण, कर्णबेध, चूडाकर्म, व्रतबन्ध, विवाह, विशिष्ठ पूजा, पाठ, यज्ञजस्ता कार्य कहिल्यै नगरिएको र देव दर्शन् तथा तीर्थयात्रा, अग्निहोत्र, सन्यास ग्रहण, चातुर्मास्य यज्ञ, राज्याभिषेकजस्ता कर्म पनि अस्तकालमा गर्नुहुदैन भन्ने कुरा श्रुति, स्मृति, पुराण, ज्योतिषशास्त्र, धर्मशास्त्र, आदि ग्रन्थले उल्लेख गरेको परिषद्ले जनाएको छ ।

शास्त्रीय मान्यताका आधारमा गरिने कर्म शास्त्रले निषेध गरेका समयमा गर्दा फल नपाइने भएकाले शुद्ध समयमा कर्म गर्न परिषद्ले अनुरोध गरेको हो ।