
काठमाडौं Iवरिष्ठ साहित्यकार डा. तारानाथ शर्मा (ताना शर्मा)को निधन भएको छ । आज विहान ८: ३० बजे घरमै निधन भएको इलाम विकास समाज, काठमाडौं का अध्यक्ष राधेश्याम लेकालीले जानकारी दिनुभयो । उहाँको आजै दिउसो अन्तिम संस्कार हुने लेकालीले जानकारी दिनुभयो । डिमेन्सिया रोग बाट पीडित हुनु भएका शर्माको वि. स. १९९१ असार ९ गते बरबोटे, इलाममा जन्म भएको थियो ।
उहाँले ‘झर्रोवादी आन्दोलन’का एक अगुवा हुनाका साथै नियात्रा, निबन्ध, कथा, उपन्यास, समालोचनालगायत विधामा दर्जनौँ कृति लेख्नुभएको छ । मौलिक कृति, अनुवाद र सम्पादन गरेर दुईसय कृति लेख्नु भएका शर्माले मदन पुरस्कार,साझा पुरस्कार, रत्नश्री,महेन्द्र विद्याभूषणलगायतका अनेकौं सम्मान र पुरस्कार पाउनु भएको छ । उनको पहिलो रचना २००८ सालमा साथी साप्ताहिकमा प्रकाशित रहेको थियो । इलाम, फिक्कल, बरबोटे घर भई हाल सरस्वतीनगर, चावहिल बस्दै आउनु भएको थियो ।