५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिड : भारतमा केही महिनामै तेस्रो लहर देखा पर्न सक्ने सम्भावना



अ+ अ-

नयाँदिल्ली । भारत सरकारले शनिबार बिहान प्रकाशित गरेको तथ्याङ्कमा विगत २४ घण्टामा झन्डै १९ लाखवटा नमुनाको परीक्षण हुँदा सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या ६०,७५३ देखिएको छ। भारतमा दैनिक लगातार एक लाखभन्दा कम सङ्क्रमित पाइएको यो बाह्रौँ दिन हो।

विश्वव्यापी महामारीको केन्द्रमा रहेको भारत कोरोनाभाइरसबाट अतिप्रभावित देशको सूचीमा अमेरिकापछि दोस्रो स्थानमा छ। सक्रिय सङ्क्रमितको सङ्ख्या क्रमशः घट्न थालेको सरकारी तथ्याङ्कले देखाउँछ। तर विज्ञहरू फेरि अर्को लहर आउन सक्ने चेतावनी दिएका छन्।

कोभिडसँग सम्बन्धित कारणले थप १,६४७ जनाको मृत्यु भएसँगै भारतमा यो महामारीमा ज्यान गुमाउनेको सङ्ख्या तीन लाख ८५ हजार नाघिसकेको छ। चौबीस घण्टाको अवधिमा परीक्षण गरिएका मानिसमा कोरोनाभाइरस भेटिने दर घटेर ३.१९ प्रतिशत भएको सरकारी तथ्याङ्कमा उल्लेख छ। भारत सरकारका अनुसार अहिलेसम्म २.९८ करोडभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ।

भारतमा अक्टोबरमा 'तेस्रो लहर आउन सक्ने'
समाचारसंस्था रोयटर्सले स्वास्थ्य विशेषज्ञहरूसँग गरेको एक सर्वेक्षणमा ८५ प्रतिशत सहभागीले कोभिडको तेस्रो लहर भारतमा अक्टोबरमा देखिन सक्ने ठानेको पाइएको छ।

चालीस विज्ञ सहभागी उक्त सर्वेक्षणमा झन्डै दुईतिहाइले उक्त लहरमा बालबालिका र १८ वर्ष मुनिका मानिस सबैभन्दा जोखिममा हुने कुरा स्वीकारेका छन्। तर विज्ञहरूले उक्त लहर नियन्त्रण गर्न सकिने खालको हुने बताउँदै कोभिड अझ एक वर्षका लागि खतराका रूपमा रहने बताएका छन्।

जुन १३ देखि १७ बीचमा गरिएको उक्त सर्वेक्षणमा विश्वभरिका स्वास्थ्य स्याहार विशेषज्ञ, चिकित्सक, वैज्ञानिक, भाइरसविद्, इपिडिमियोलजिस्ट र प्राध्यापकहरू छन्।उल्लेख्य रूपमा खोप कार्यक्रम अघि बढेका कारण नयाँ लहरको प्रभाव केही कम हुने उनीहरूले बताएका छन्। (एजेन्सी)