९ भाद्र २०८३, मंगलवार
,
Latest
कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा १५औँ महाधिवेशन रोक्न देउवा समूह सर्वोच्चमा, ११ भदौमा पेसी हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी हटाउनुहोस् सजिलो उपायले नाकमा रहेको ब्ल्याक हेड्स



अ+ अ-

काठमाडौं । व्यक्तिको सुन्दरता मुलतः अनुहारमा केन्द्रित हुन्छ। त्यसैले आफ्नो अनुहार सफा र चमकदार होस भन्ने चाहन्छौ। तर, अनुहारमा आउने दाग-धब्बाहरुले भिलेन खेलिदिन्छन् । यसका साथै नाकभन्दा माथि कालो-कालो बिन्दू जस्ता थोप्ला साह्रै नराम्रो देखिन्छ । जसलाई चलन चल्तीमा ‘ब्ल्याक हेड्स’ भनिन्छ ।

यस्तो कालो थोप्ला टाढैबाट देखिन्छ। अनेक उपाय लगाउँदा पनि यी थोप्ला स्थाईरुपमा हट्दैनन् । यो के कारणले हुन्छ र यसको स्थाई समाधान के हो ?

प्रदुषण मुख्य कारण : नाकमाथि काला थोप्ला बस्नुको प्रमुख कारण वातावरण प्रदुषण हो। प्रदुषणका कारण रौंमा जम्मा हुन्छ र यसको कारण बन्छ। छालाका मसिना प्वालहरुमा मृत्त छाला, धुलो, माटोका काण तथा मैलो जम्मा भइरहन्छ । जसले गर्दा यो छिद्र बन्द हुन्छ र यसमा जम्मा भएको फोहोर कालो कालो बिन्दुका रुपमा प्रकट हुन्छन् ।

नाकमाथि हुने साना छिद्रहरुले मोइस्चर बनाइराख्ने काम गर्छन् । यिनै छिद्रका कारण त्वचा प्राकृतिकरुपमा चिसो रहन्छ। जब यी छिद्र बन्द हुन्छन्, विभिन्न समस्याहरुको सामना गर्नुपर्ने हुन्छ ।

चिउँडोको छिद्रमा ध्यान पुर्‍याउनुस : आफ्नो चिउँडोको छिद्रको राम्ररी हेरविचार गरियो भने यो समस्याबाट छुट्कारा मिल्न सक्छ। यसका केही उपाय छन्, जसको अभ्यास गर्नुपर्ने हुन्छ । आउनुस, ती उपायहरुबारे जानौं ।

बाफद्वारा सफाई : पोर्स सम्वन्धी समस्या भयो भने यसको समाधानका लागि बाफको सहारा लिन सकिन्छ। बाफद्वारा ट्रिटमेन्ट लिएर बन्द पोर्सर्लाइ फेरि खोल्न सकिन्छ। यो एउटा प्रभावकारी विधि हो। यसले छालालाई फाइदा पुर्‍याउँछ ।

यसरी पनि गर्न सकिन्छ ट्रिटमेन्ट : क्लिन्जरको सहारा पनि लिन सकिन्छ। मनतातो पानीका साथ कुनै सौम्य फेसियल क्लिन्जरको प्रयोग गरौं । आफ्नो अनुहारलाई भिजाएर क्लिन्जरको सहयोगले १ मिनेटसम्म हल्का हातले मसाज गर्नुपर्छ । मसाज गर्ने बेलामा नाक र चिउँडोमा विशेष ध्यान दिनुस र त्यहाँ मसाज गर्नुपर्छ । एक मिनेटपछि तातोपानीले मुख धुनुपर्छ ।

वाफ लिएपछि यसो गरौं : यो प्रक्रिया पुरा गरिसकेपछि आफ्नो अनुहारलाई मुलायम तौलियाले हल्कासँग पुछौ। यसो गर्दा रौको छिद्र खुल्नेछन् र पोर्स सम्वन्धी स्किनको समस्याबाट छुटकारा मिल्नेछ । (एजेन्सीको सहयोगमा)