२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भीरबाट खसेको ढुंगा लागेर सेनाको मृत्यु



अ+ अ-

बाजुरा । जिल्लाको जगन्नाथ गाउँपालिका वडा न ३ मा पर्ने कर्णाली करिडोरमा माथीबाट खसेको ढुङ्गा लागेर एक जना नेपाली सेनाका प्युठको ज्यान गएको छ । 

मृत्यु हुनेमा कर्णाली करीडोरमा काम गर्ने नेपाली सेना ३८ वर्षीय कादिलबहादुर भण्डारी रहेका छन् । मृतक भण्डारी हिमाली गाउँपालिका वडा न ४ बाजुराकै रहेका प्रहरीले जनाएको छ । 

आईतबार विहान खबर प्राप्त भएपछि उनको मृत्यु बारे थप बुझ्न नेपाल प्रहरीको टोली घटना स्थलतर्फ परिचालित भएका छन् ।