१३ आश्विन २०८१, आईतवार
,
Latest
समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान अवरुद्ध सडक खुलाउने काम तीव्र रुपमा भइरहेको छ: मन्त्रालय बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १४८ जना पुग्यो, ५५ जना बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक बनाउँछुः अध्यक्ष ढकाल



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई जनताले हेर्ने दृष्टिकोण सकारात्मक बनाउने बताउनुभएको छ ।

बिहीवार महासंघको अध्यक्षको शपथग्रहण पश्चात अध्यक्ष ढकालले आफ्नो कार्यकालमा मुख्य ५ कामलाई पाथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको हो । उहाँले निजी क्षेत्रलाई हेर्न दृष्टिकोण परिर्वतन गर्ने काम शुरु भएको भन्दै केही दिनमा यसको नतिजा देखिने बताउनु भयो। उहाँले जिल्ला नगरबाट आएको यस्ता मागहरु तत्काल समाधान गर्नेपनि बताउनु भयो। उहाँले पछिल्लो समय कोरोना महामारी लगायत अन्य बाह्य कारणले गुमेको रोजगारी बढाउन, राज्यको नीति व्यवसायीमैत्री बनाउन पहल गर्ने बताउनु भयो ।

उहाँले महासंघमा नेतृत्वलाई गाली गर्नुभन्दा पनि सबैबीच सहकार्य गर्न आवश्यक रहेको बताउनु भयो । अध्यक्ष ढकालले वैदेशिक लगानी ल्याउन नीति सुधार गर्न पहल गर्ने प्रतिवद्धता जनाउनु भयो। उहाँले महासंघको आफ्नो कार्यकालमा केही न केही सुधार गर्ने बताउनु भयो । उहाँले चुनावसम्म पक्ष–विपक्ष भएपनि अब सबै एक भएर महासंघलाई सुुधार गर्ने बताउनु भयो। अध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा सर्वसहमतिका लागि ठूलो छाती गरेको भन्दै ढकालले अर्का प्रत्यासी उमेशलाल श्रेष्ठको प्रशंसा गर्नुभयो । उहाँले निजी क्षेत्रले अन्तिमसम्म प्रयास गरेर सर्वसम्मत वरिष्ठ उपाध्यक्ष चयन गरेको भन्दै यसले निजी क्षेत्रले चाहदा गर्नसक्ने उदाहरण बनेको बताउनु भयो ।

महासंघको विधानअनुसार ढकाल स्वतः अध्यक्ष चयन हुनुभएको हो । उहाँले आजै महासंघका निःवर्तमान अध्यक्ष शेखर गोल्छाबाट पद तथा गोपनीयताको शपथ लिनुभएको छ । अध्यक्षलाई पद तथा गोपनीयताको शपथ पश्चात बोल्दै निःर्वतमान अध्यक्ष गोल्छाले अध्यक्ष ढकालले जनाएका ५ प्रतिवद्धता कार्यान्वयन गर्न साथमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।