२२ असार २०८३, सोमबार
,
Latest
संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल उल्टो जुत्ता लगाएर गन्तव्यमा पुगिँदैन, संविधान संशोधन प्रक्रिया अपरिपक्व छ : आङदेम्बे प्रधानमन्त्रीलाई विपक्ष दलका नेता आङदेम्बेको सुझावः सामाजिक सञ्जालमा भाईरल हुने बाटो त्याग्नुस् सार्वजनिक स्थलमा महिलालाई गोप्य अङ्ग प्रदर्शन गर्ने शिक्षा अधिकृत पक्राउ काँग्रेसको प्रश्नः यो देश कालो चश्मा, कालो कोट र कालो पाइन्ट लगाएर कालै गाडीमा हुइकिनेहरूको… एडीबी अध्यक्ष कान्दा काठमाडौंमा, नेपालसँगको सहकार्य थप विस्तार गर्ने सङ्केत
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीले किन बोलाए सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीलाई काठमाडौंमा ?



अ+ अ-

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले नेपालका सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई हिजो अकस्मात काठमाडौँ बोलाएका छन् । ती मन्त्रीहरु आजै बिहान काठमाडौँ आइपुगे र अहिले गृहमन्त्री अधिकारी र ती सात मन्त्रीहरको बैठक सिंहदरबारमा जारी छ । 

गृहमन्त्री अधिकारीले हिजो ती मन्त्रीहरुलाई बोलाएका थिए । उनले सबैलाई आफैले फोन गरेर बैठकका लागि भन्दै बोलाएका थिए । उनीहरु आजै काठमाडौं आएकोले अहिले सिंहदरबारमा बैठक शुरु भएको छ । 

खासमा उनले विपद् ब्यवस्थापनका बारेमा आवश्यक छलफल गर्ने र तयारीका बारेमा केन्द्र सरकारको निर्देशन दिनका लागि ती मन्त्रीहरुलाई काठमाडौँ बोलाएका बुझिएको छ । 

अघि शुरु भएको सो बैठकमा प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सहभागी रहेका बुझिएको छ। 

उता यसअघि गत शुक्रवार मात्र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शीतल निवासमा बोलाएर गृहमन्त्री अधिकारी र ३ सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी थिइन् । 

त्यस लगत्तै हिजो गृहमन्त्री अधिकारीले सबै प्रदेशका आन्तरिक व्यवस्था मन्त्रीहरुलाई बैठकका लागि बोलाएका थिए । मन्त्री अधिकारीले यो बैठक हालै देशका विभिन्न ठाउँमा आएको बाढी पहिरोको व्यवस्थापनका लागि आवश्यक सहयोग र समन्वयका लागि यो बैठक बोलाएको भनिए पनि निर्वाचन सुरक्षाबारे छलफल गर्न भनेर सबै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरुलाई काठमाडौं बोलाएको बताइएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ मा दोस्रो पटक संसद विघटन गरेर निर्वाचनको घोषणा गरेकी छिन् । सरकारले कात्तिक २६ र मंसिर ३ का लागि आम निर्वाचनको प्रस्ताव गरेको छ । 

हुनत प्रधानमन्त्रीको यस कदमका विरुद्धमा परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । तर पनि यता सरकारले भने आम निर्वाचनको तयारी गर्ने जनाएको थियो । सरकारले निर्वाचनमा सुरक्षाको सम्भावित अवस्थाका बारेमा आवश्यक छलफल र परामर्श गरिरहेको बताइएको छ । 

त्यसैले शनिबार गृहमन्त्री अधिकारीले ७ प्रदेशका आन्तरिक मामिलासम्बन्धी मन्त्रीहरुलाई बेलाउनुको उद्देश्य पनि निर्वाचन सुरक्षाका बारेमा छलफलका लागि भएको अनुमान गरिएको छ ।




भर्खरै