२२ असार २०८३, सोमबार
,
Latest
संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

केन्द्रीय समिति विस्तार गर्दै माओवादी केन्द्र



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले केन्द्रीय समिति विस्तार गर्ने भएको छ । 

गत फागुन २३ गते तत्कालीन एमाले र माओवादीलाई सर्वोच्च अदालतले ब्युँताएपछि माओवादी पुनर्गठन गर्नेक्रममा २ सय सदस्यीय केन्द्रीय समिति विस्तार गरी २ सय ९९ जना पुर्‍याउन लागिएको हो । 

तत्कालीन नेकपाको ४४१  सदस्यीय केन्द्रीय कमिटीमा एमालेबाट २ सय ४१  र माओवादीबाट २ सय जना रहेका थिए । एमाले र माओवादी ब्युँतिएपछि माओवादीले २ सय ९९ जना केन्द्रीय कमिटी बनाउन लागेको हो । माओवादीका २ सय केन्द्रीय सदस्य मध्ये १८ जना एमाले प्रवेश गरिसकेका छन् । माओवादीले उनीहरुको स्थानमा समेत थप गरेर केन्द्रीय कमिटी थप गर्न लागेको हो ।

आफ्नै संगठनतिर फर्किएको माओवादी पार्टीको अवस्थाका विषयमा ६ सदस्यीय कार्यदल बनाएर अध्ययन जारी राखेको छ। जसमा वर्षमान पुन, जनार्दन शर्मा, देवेन्द्र पौडेल, मातृका यादव, गिरिराजमणि पोखरेल र पम्फा भुसाल रहेका छन्।

उक्त कार्यदल पार्टी विधान र संगठन अवस्थाका विषयमा गृहकार्यमा लागिपरेको छ ।

सबै प्रदेश र जिल्लाबाट केन्द्रीय सदस्यको नाम सिफारिस भएमा स्थायी कमिटीमा छलफल भई केन्द्रीय कमिटीले अनमोदन गर्नेछ । 

यसअघि नेकपामा केन्द्रीय कमिटी समावेशी नभएको भन्दै आलोचना खेपेकाले माओवादीले त्यसलाई समेत मध्यनजर गर्दै समावेशी टिम सहितको केन्द्रीय कमिटी बनाउने भएको छ । 




भर्खरै