२१ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको वार्ता भंग



अ+ अ-

काठमाडौँ । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले सरकारी वार्ता टोलीसँगको वार्ता भंग गरेको छ ।

बिहीबार गृह मन्त्रालयमा भएको अन्तिम एवं निर्णायक वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो । सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ । ५ दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहो¥याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता निर्ग नविनले बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मिटरब्याज तथा ठगीबिरुद्ध किसान मजदुर संघर्ष समितिले नेपाल सरकारलाई ६ बुँदे माग राखेको थियो । राज्यले बनाएको औपचारिक वार्ता टोलीसँग हामीले ५ दिन वार्ता बस्यौँ । उहाँहरु ६ बुँदे मागप्रति सकारात्मक हुनु भएन । आजदेखि सरकारले बनाएको वार्ता टोलीसँग वार्ता नगर्ने भनेर हामीले वार्ता भंग गरेका छौँ । उहाँहरुले हामी संवेदनशील भएका छौँ भन्नुभएको छ । हामीले संघर्ष समितिले राखेका ६ बुँदे मागमा छलफल गर्नु भनेका छौँ, उहाँहरुले त्यही कुरा राखिराख्नुभयो ।’

प्रवक्ता नविनले संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले कुनै वास्ता नगरेको आरोप लगाउनु भयो ।