२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिस्का जात्रामा हात नभएको लिंगो उठाइयो (फोटोफिचर)



अ+ अ-

काठमाडौँ । बिस्का जात्राको क्रममा बिहीवार दिउँसो पोटरी स्क्वायरमा हात नभएको लिंगो (ल्योसिन्द्यो) उठाइएको छ ।

बिहीवार भक्तपुरको प्रसिद्ध जात्रा बिस्केट जात्राको लिंगो उठाइएको हो । प्रत्येक वर्ष वर्षको अन्तिम दिन मध्यान्हमा यसरी नै लिंगो उठाउने गरिन्छ । यो लिंगोलाई स्थानीय टोलवासीले उठाउने गर्दछन् । डोरीको सहायताले लिंगोलाई उठाउने गरिन्छ ।

लिंगो उठाएको हेर्न हजारौं स्थानीयवासी पुग्ने गर्दछन् । प्रसिद्ध बिस्का जात्राको चौथो दिन लिंगो उठाइन्छ । जात्रा २७ चैतदेखि शुरु भएको थियो । पाँंचतले मन्दिर अगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमको शुरुवातसँगै जात्रा शुरु भएको थियो । यो जात्रा हेर्न दशौं हजार मानिस जात्रास्थल पुग्ने गर्दछन् । भक्तपुरको बिस्केट जात्रा आठ रात नौ दिन लामो हुने गर्दछ । जात्रा ५ वैशाखमा सकिन्छ ।