२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्परले राखे युरो कप खेल्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड



अ+ अ-

एजेन्सी । पोल्याण्ड राष्ट्रिय फुटबल टिमका मिडफिल्डर कास्पर कोजलोस्कीले युरो कप खेल्ने सबैभन्दा कान्छा खेलाडीको रेकर्ड बनाएका छन् ।

गएराति स्पेनविरुद्ध मैदानमा उत्रिँदा उनको उमेर १७ वर्ष २४६ दिन रहेको थियो ।

खेलको ५५औँ मिनेटमा म्याथुज क्लिजको सब्सीच्युटको रुपमा मैदान प्रवेश गरेका कास्परले इङ्ल्यान्डका जुड बेलिङ्घमले यही युरोमा राखेको रेकर्ड तोडेका हुन् । 

जनु १३ मा क्रोएसियाविरुद्ध मैदानमा उत्रिँदा बेलिङ्घमको उमेर १७ वर्ष ३४९ दिन रहेको थियो ।