२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप २ हजार ४४२ जनामा कोरोना पुष्टि, ३ हजार ४५६ निको, ५१ को मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ४५६ संक्रमित निको भएका छन् । आइतबार कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ रहेको छ । 
गत २४ घण्टामा १० हजार ९५६ जनाको पिसिआर एवं एन्टिजेनबाट परीक्षण गरिएको थियो ।