२८ मंसिर २०८२, आईतवार
,
Latest
एमालेका केही नेताद्वारा ‘राजनीतिमा सधैं पदमा रहिरहनुपर्छ ’भन्ने मान्यतालाई खण्डित श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता बर्लिन वार्ताअघि संवादका लागि तयार रहेको जेलेन्स्कीको भनाइ मेलम्चीमा अनियमिता: भीम उपाध्याय समेतविरुद्ध सर्वोच्च गयो अख्तियार अवैध काठ बरामद निर्वाचन पहिलो प्राथमिता : मन्त्री सिन्हा स्वास्थ्य तथा जनचेतना अभिवृद्धिका लागि महिला शिक्षामा जोडः स्वास्थ्यमन्त्री शर्मा पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

महासंघको चुनाव दोस्रो चरणमा, वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश प्रतिस्पर्धामा



अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दोस्रो चरणमा निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा रहेका उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघईमध्ये कसैले पनि ५० प्रतिशत मत नल्याएपछि दो्स्रो चरणको मतदान हुने भएको हो ।

बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

अर्का प्रत्यासी रामचन्द्र संघई भने प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ ।

अञ्जनले ३७.९९ प्रतिशत मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत प्राप्त गर्नुभयो । त्यसैगरी ३०.४६ प्रतिशत मत प्राप्त गर्नुभएका संघई दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिनुभएको हो ।

निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्दैछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत: अध्यक्ष हुनुहुनेछ । वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई महत्त्वका साथ हेरिने गरिन्छ ।