१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो News Polar साढे तीन महिनापछि सुकेटारमा हवाई उडान News Polar राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेलसमक्ष News Polar शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट News Polar हिम्लुङ बेस क्याम्पमा हिमपहिरो : सम्पर्कविहीन १२ मध्ये ४ जनाको शव भेटियो News Polar बाढीले बगाएको गैँडा सुस्ता पुग्यो News Polar प्रतिनिधिसभाः सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar मुस्ताङमा ३६ घण्टादेखि विद्युत् र इन्टरनेट सेवा अवरुद्ध News Polar मौसम सुधार भएसँगै नेपाल-भारत आवागमन सहज News Polar चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी News Polar शाओमी नेपालको चाडपर्व लक्षित योजना, दैनिक उपहारदेखि थाइल्यान्ड भ्रमणसम्म News Polar सदनमा बाढी पहिरोदेखि खाना पकाउने ग्याससम्म विषय News Polar पुलमा अड्किएको क्रुजसिप निकाल्ने तयारी News Polar दाङमा सवारी आवागमन खुला : जनजीवन सामान्य News Polar प्राधिकरणद्वारा भुम्लुकी उप्रेतीलाई १० लाख क्षतिपूर्ति News Polar जनसंख्या वृद्धिका लागि सुत्केरी बिदा ६ महिना पुर्‍याउने प्रस्ताव News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न बनेको संसदीय समितिको सभापति चयन पर्सि News Polar संसदीय समितिको निर्देशनः चाडबाडमा यात्रु आवागमनलाई सहज र सुरक्षित तुल्याउनुस् News Polar प्रतिनिधिसभामा छ विधेयक प्रस्तुत News Polar अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

महासंघको चुनाव दोस्रो चरणमा, वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश प्रतिस्पर्धामा

महासंघको चुनाव दोस्रो चरणमा, वरिष्ठ उपाध्यक्षमा अञ्जन र उमेश प्रतिस्पर्धामा
अ अ+ अ-

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा दोस्रो चरणमा निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्षको प्रतिस्पर्धामा रहेका उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघईमध्ये कसैले पनि ५० प्रतिशत मत नल्याएपछि दो्स्रो चरणको मतदान हुने भएको हो ।

बुधबार भएको निर्वाचनको सबै मत परिणाम आज बिहान सार्वजनिक हुँदा कसैले पनि ५० प्रतिशत मतभार कटाउन नसकेपछि सबैभन्दा धेरै मत पाएका अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच दोस्रो चरणको निर्वाचन हुन लागेको हो ।

अर्का प्रत्यासी रामचन्द्र संघई भने प्रतिस्पर्धाबाट बाहिरिनुभएको छ ।

अञ्जनले ३७.९९ प्रतिशत मत ल्याउनुभयो भने उहाँका निकटतम प्रतिस्पर्धी उमेशलालले ३१.७१ प्रतिशत मत प्राप्त गर्नुभयो । त्यसैगरी ३०.४६ प्रतिशत मत प्राप्त गर्नुभएका संघई दोस्रो चरणको प्रतिस्पर्धाबाट बाहिरिनुभएको हो ।

निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्दैछ । हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत: अध्यक्ष हुनुहुनेछ । वरिष्ठ उपाध्यक्ष स्वत: अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई महत्त्वका साथ हेरिने गरिन्छ ।