२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

विपक्षी दलले गरे लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध



अ+ अ-

बुटवल । लुम्बिनी प्रदेश सभामा सरकारको वैधता र बजेट विनियोजन प्रक्रियाको विरोध जनाउँदै प्रमुख प्रतिपक्षले अवरोध गरेपछि प्रदेश सभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ । 

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बैजनाथ चौधरीले असार १ गते ४० अर्ब ९५ करोड ९७ लाखको बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि आइतबारदेखि प्रदेश सभामा छलफलका लागि कार्यसूची तय भए पनि बैठकको सुरुमै नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रप्रसाद कनौडियाले बोलेपछि विपक्षी दलले बैठक बहिष्कार गरेका थिए । 

त्यसपछि ३ बजेसम्मका लागि स्थगित भएको बैठक सूचना टासेर बुधबारसम्मका लागि स्थगित भएको हो । 

प्रतिपक्षी दलका प्रमुख सचेतक फकरुद्धिन खानले राजीतिक रुपमा सरकारको वैधताको टुंगो नलाग्दासम्म र आवश्यकताभन्दा कार्यकर्ता र वितरणमुखी बजेट परिमार्जन नहुँदासम्म सदन चल्न नदिने निर्णय भएको बताएका छन् । 

सरकारमा जनता समाजवादीका चार मन्त्री सहभागी भएपछि विपक्षी गठबन्धनले सरकार संविधानको धारा १६८ को उपधारा २ अनुसार चल्दै आएको भन्दै प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने अडान विपक्षी गठबन्धनले राख्दै आएका छन् ।