• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

महासंघको मतपत्रमा विवाद हुँदा मतगणना स्थगित



काठमाडौं । उद्योग वाणिज्य महासंघको मतपत्रमा विवाद हुँदा मतगणना स्थगित भएको छ ।

वरिष्ठ उपाध्यक्षको मतगणना चलिरहेको बेला मत पत्र सदर वा बदर भन्ने विषयमा विवाद बढेपछि मतगणना रोकिएको हो ।

विवाद हुनु अघिसम्म १२ सय मत गन्दा रामचन्द्र संघाईले ४ सय ५२ मत ल्याएका छन् । यस्तै अन्जन श्रेष्ठले ४ सय १७ र उमेशलाल श्रेष्ठले ३ सय १७ मत ल्याएका छन् ।

अहिले एशोसिएटतर्फको मतगणना भइरहेको छ ।