२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा निवासमा विपक्षी गठबन्धनको बैठक बस्दै



अ+ अ-

काठमाडौं । विपक्षी गठबन्धनका शीर्ष नेताहरु कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा छलफलमा जुटेका छन् । 

थप रणनीति बनाउन कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफलमा जुटेका हुन् ।

साँढे ५ बजेदेखि शुरु भएको छलफलमा कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णबहादुर खड्का सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङको सहभागीता रहेको छ ।

बैठकमा जसपाका अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ सहभागी छन् भने माधव समूहबाट माधव नेपालसहित भीम रावल पनि छलफलमा जुटेका छन् ।