२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

हाङझाव एसियाडको तयारी प्रशिक्षण बैशाखदेखि



अ+ अ-

काठमाडौँ । चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदको तयारी प्रशिक्षण बैशाख ११ गतेदेखि सुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार आयोजित पत्रकार सम्मेलनमा सो बारे जानकारी गराए ।

पहिलो चरणको प्रशिक्षण बैशाख ११ देखि जेठ ३ गतेसम्म हुने भएको छ । त्यसमा ४ सय २५ खेलाडी सहभागी हुने छन् । २ सय ९५ खेलाडी सहभागी हुने दोश्रो चरणको प्रशिक्षण जेठ ६ देखि २५ गतेसम्म हुनेछ । अन्तिम चरणको प्रशिक्षण जेठ २६ देखि भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । अन्तिम चरणमा खेलाडी संख्या १ सय ६८ कायम हुनेछ ।

प्रशिक्षण सुरु हुनुअघि बैशाख ३ देखि ७ गतेसम्म खेलाडी छनोट प्रतियोगिता हुनेछ । यो अवधिमा छनोट गर्न असमर्थ हुने खेलको हकमा भने औचित्य पुष्टीसहित समय हेरफेर गर्न सकिने सदस्य–सचिव घिसिङले जानकारी दिए । सदस्य–सचिव घिसिङले हाल तयारी प्रशिक्षणका लागि २ करोड बजेट प्राप्त भएको बताउदै थप बजेट पनि प्रदान गर्ने अर्थ मन्त्रालयले प्रतिबद्धता जनाएको जानकारी गराए ।

‘तयारी प्रशिक्षणका लागि अहिले २ करोड बजेट छ । यतिले पुग्दैन । नपुग रकम अर्थ मन्त्रालयले दिने प्रतिबद्धता जनाएको छ ।’ सदस्य–सचिव घिसिङले भने– ‘प्रशिक्षण करिब साढे पाँच महिना चल्छ । कुनैपनि हालतमा प्रशिक्षण रोकिदैन ।’

नेपालले हाङझाव एसियाडमा सहभागिता जनाउने खेलहरुमा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल, गल्फ, जुडो, पौडी, ट्रायथलन, उसु, कुस्ती, भारोत्तोलन, आर्चरी, बास्केटबल (थ्री बाइ थ्री), फेन्सिङ, ह्यान्डबल, कबड्डी, टेबलटेनिस, भलिबल, ब्याडमिन्टन, क्रिकेट र सुटिङ रहेका छन् । एसियाली खेलकुद यसै वर्षको सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुनेछ ।