२१ मंसिर २०८२, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

अडियो प्रकरणमा ढाकाकुमार भने – क्लिन चिट लिएर आउनेछु, धैर्य गर्नुहोला



अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. ढाकाकुमार श्रेष्ठले अडियो एडिट गरेर आफूलाई सुनुयोजित रुपमा फसाउन खोजिएको दाबी गरेका छन् ।

पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै उनले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड डिल गरेको अडियो झुटो भएको बताएका छन् ।

उनले आफू हिजोबाटै न्यायालयमा गइसकेकाले क्लिन चिट लिएर आउने बताउँदै भने – ‘ न्यायालय गइसकेको छु । क्लिन चिट लिएर यसरी नै तपाईहरुमाझ प्रेस मिट गरेर आउनेछु । त्यतिन्जेल धैर्य गर्नुहोला । मेरो कारणले उपनिर्वाचनको बेला पार्टीलाई अप्ठेरो परेकाले क्षमापार्थी छु ।’

उनले उक्त अडियोलाई ध्यानमा नराखी रास्वपाका तीनै क्षेत्रका उम्मेदवारलाई जिताउन आग्रह समेत गरे ।

‘ यो अडियो केही पनि होइन । सुनुयोजित हो । जनवरीताका भएको अडियो अहिले ल्याएर हाल्नु भनेको पार्टीलाई चारैतिरबाट प्रहार गरिएको हो ।’ उनले भने ।