२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपक्षी मोर्चाको बैठक: एमालेका मुख्यमन्त्री रहेका प्रदेशमा आफू अनुकुल सरकार बनाउन पहल गर्ने



अ+ अ-

काठमाडौ । नेपाली काग्रेस , माओबादी केन्द्र र एमाले माधब नेपाल समूह र जनता समाजबादी उपेन्द्र यादब समूहका शिर्षनेताहरुले एमालेको मुख्यमन्त्री रहेका रहेका प्रदेशमा बिपक्षी गठबन्धन बाट मुख्यमन्त्री बनाउन पहल गर्ने जनाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार साँझ बसेको बिपक्षी मोर्चामा आबद्ध दलका नेताहरुले प्रदेश १, वागमती र लुम्बिनी प्रदेशमा एमालेको नेतृत्व हटाउन सबै प्रंयास गर्ने तयारी गरेका हुन् । यस अघि सरकारको कामलाई असहयोग गर्न सुरक्षानिकाय र निजामति कर्मचारीहरुलाई आग्रह गरेका दलदलका नेताहरुले प्राकृतिक विपत्तिमा जनतालाई राहत दिन सरकार असफल भएको ठहर समेत गरेका छन् ।

बिपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय केन्द्रीय समितिको बैठकबाट गराएकोमा सभापति देउवालाई धन्यबाद दिदै अन्यदलका नेताहरुले गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ का सरकारलाई प्रभाबकारी बनाउन निर्देशन समेत दिने निर्णय गरेको छ ।