२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिपक्षी मोर्चाको बैठक: एमालेका मुख्यमन्त्री रहेका प्रदेशमा आफू अनुकुल सरकार बनाउन पहल गर्ने



अ+ अ-

काठमाडौ । नेपाली काग्रेस , माओबादी केन्द्र र एमाले माधब नेपाल समूह र जनता समाजबादी उपेन्द्र यादब समूहका शिर्षनेताहरुले एमालेको मुख्यमन्त्री रहेका रहेका प्रदेशमा बिपक्षी गठबन्धन बाट मुख्यमन्त्री बनाउन पहल गर्ने जनाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा आइतबार साँझ बसेको बिपक्षी मोर्चामा आबद्ध दलका नेताहरुले प्रदेश १, वागमती र लुम्बिनी प्रदेशमा एमालेको नेतृत्व हटाउन सबै प्रंयास गर्ने तयारी गरेका हुन् । यस अघि सरकारको कामलाई असहयोग गर्न सुरक्षानिकाय र निजामति कर्मचारीहरुलाई आग्रह गरेका दलदलका नेताहरुले प्राकृतिक विपत्तिमा जनतालाई राहत दिन सरकार असफल भएको ठहर समेत गरेका छन् ।

बिपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय केन्द्रीय समितिको बैठकबाट गराएकोमा सभापति देउवालाई धन्यबाद दिदै अन्यदलका नेताहरुले गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ का सरकारलाई प्रभाबकारी बनाउन निर्देशन समेत दिने निर्णय गरेको छ ।