२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

चरम आर्थिक सङ्कटतर्फ उन्मुख हुँदै पाकिस्तान



अ+ अ-

इस्लामावाद । अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले चरम आर्थिक सङ्कटतर्फ उन्मुख भएको पाकिस्तानलाई तत्काल वित्तीय समस्याबाट पार लगाउने लक्षण नदेखिएको बताउँदै अमेरिकी अर्थशास्त्री आतिफ मियाले इस्लामावादलाई एउटा बृहत् आर्थिक ‘प्याकेज’ आवश्यक भएको बताएका छन् ।

पाकिस्तानको सबैभन्दा निकटको मित्र एवम् हितचिन्तक साउदी अरबले प्रधानमन्त्री शेहबाज सरिफ र उहाँका दाई नवाज सरिफलाई इद मनाउन आमन्त्रण गरे पनि त्यसले दुई देशबीचको सम्बन्धलाई सुदृढ तुल्याउन मद्दत गर्ने तर आर्थिक सहायता प्राप्त हुन नसक्ने टिप्पणी अर्थशास्त्री मियाले गरेका छन् ।

साउदी युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा साउदी अरबले गत वर्ष तेलको मूल्यमा उच्च वृद्धि भएका बेला व्यापार गरेर कमाएको अतिरिक्त पाकिस्तानका निम्ति उपयोग हुनेमा आर्थिक विश्लेषकहरूले आशङ्का व्यक्त गरेका छन् । विश्लेषक मुसर्रफ जैदीले द न्युज इन्टरनेशनलमा ‘पाकिस्तानले साउदी सहायता प्राप्त गर्ने सम्भावना धेरै कम छ, कथंकदाचित सहयोग भएमा त्यो अस्थायी राहत मात्र हुने’ लेखेका छन् ।

विश्लेषक जैदीका अनुसार अर्थशास्त्री मियाले भनेजस्तो बृहत् आर्थिक प्याकेज पाकिस्तानलाई प्रदान गर्ने अवस्थामा साउदी छैन । विकास एवम् आर्थिक सहायताका ढाँचा परिवर्तन भएका छन् । साउदी शासकहरू पाकिस्तानका अभिजात वर्ग, सैन्य र नागरिकलाई नि:शर्त आर्थिक सङ्कटबाट मुक्त गर्ने चाहना पनि गर्दैनन् ।