२२ असार २०८३, सोमबार
,
Latest
संसदमा उठेका प्रश्नको जवाफ दिन र विपद् व्यवस्थापनमा जुट्न सरकारलाई सभामुखको निर्देशन सरकारको १०० दिनः संस्कृति तथा पर्यटन मन्त्रालयको योजना आरोग्य पर्यटनदेखि इयूको प्रतिबन्ध हटाउने कर्णाली राजमार्गमा भएको दुर्घटनाबारे रास्वपा सांसद प्रसाईंले मागे गृहमन्त्रीको जवाफ विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा निषेधाज्ञा केही खुकुलो बनाउँदै एकसाता थप



अ+ अ-

पोखरा । कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोर बारका आधारमा संचालन हुने छन् भने विभिन्न पेशा, व्यवसाय, पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्न पाइने नियम बनाइएको छ ।  

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयअनुसार असार ८ गतेदेखि असार १५ गतेसम्म निषेधाज्ञा केही खुकुलो बनाउँदै थप गरिएको बताउनुभयो । प्रशासनको आदेशानुसार निजी सवारीसाधन साना सवारी चार पाङ्ग्रे, दुई पाङ्ग्रेको हकमा जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बरका गाडी सञ्चालन गर्न सकिने र चार पाङ्ग्रेमा चालकसहित चार जना यात्रु मात्र राख्न पाइने उल्लेख गरिएको छ । 

यस्तै सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रङ्गशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्विमिङ पुल, ब्युटिपार्लर, सैलनु, फुटपाथ पसललगायत सेवालाई निषेधाज्ञाको समयमा  सञ्चालन अनुमति दिइएको छैन । यद्यपि यसबाहेकका पेशा, व्यवसाय, स्वास्थ्य मापदण्ड र सुरक्षालाई पालना गर्दै  बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख छ । ढुङ्गा, गिटी, बालुवा जस्ता निर्माण सामग्री ढुवानी गर्ने सवारी साधनबाट बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म ढुवानी गर्न पाइने जनाइएको छ । 




भर्खरै