४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी डलर तथा युरोसहित नेपाली एवं विदेशी नागरिकहरु पक्राउ



अ+ अ-

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको अमेरिकी डलर र युरोसहित नौ नेपाली र तीन विदेशी नागरिक पक्राउ परेका छन् ।

यही चैत २७ र २८ गते विभिन्न एयरलाइन्सद्वारा काठमाडौँबाट दुबई प्रस्थान गर्न लागेका यात्रुहरुलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान एरियामा जाँच गर्ने क्रममा ९१५ अमेरिकी डलर र ४५ हजार ५३३ युरोसहित मुद्रा फेला परेको विमानस्थलको सुरक्षा निकायले जनाएको छ ।

उक्त मुद्रा लैजान लागेका निजहरुको राहदानी जाँच गर्दा उल्लिखित परिमाणको रकम दरपिठ गरेको नदेखिएको र अवैधरुपमा लुकाईछिपाई बाह्य मुलुकतर्फ लैजान लागेकाले निजहरुलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, हरिहरभवन पुल्चोक पठाइएको प्रहरीले जनाएको छ ।