२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र News Polar अष्ट्रेलियाका बोसिस्टो काठमाण्डु गोर्खाजबाट एनपिएल खेल्दै News Polar एमाले महासचिव शंकर पोखरेलको आरोप–‘सरकार उल्टो बाटोमा हिड्यो’ News Polar विद्युत निर्यातमा मात्रै भर पर्न हुन्न, आन्तरिक खपतमा जोड दिनुपर्छः पूर्वसचिव घिमिरे News Polar मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु News Polar लेदो पन्छाएपछि बिपी राजमार्ग पुनः सञ्चालन News Polar नेपाल टेलिकमको दसैँ, तिहार अफरः मोबाइलमा सहुलियत दरका प्याकेज News Polar बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने News Polar १५औँ महाधिवेशनबाट निर्वाचित भएपछि गगनले भने- नागरिकको विश्वास जित्ने गरी कांग्रेस बदल्छौँ News Polar पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध News Polar मानसिक स्वास्थ्य सेवालाई सर्वसुलभ र विभेदरहित बनाउन आयोगको आग्रह News Polar विपद् जोखिमलाई बेवास्ता गरेर आयोजना निर्माण गर्न हुँदैनः विपद् विज्ञ केसी News Polar नारायणीको बाढीले चौर बगर बनाउँदा पनि ‘सी बिच’ तटबन्ध सुरक्षित News Polar परराष्ट्रमन्त्री स्वदेश फिर्ता News Polar जङ्गली च्याउ खाँदा एक जना बालिकाको मृत्यु News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त

नेटवर्किङ व्यवसायबाट ठगी गर्ने एक व्यक्ति पक्राउ

नेटवर्किङ व्यवसायबाट ठगी गर्ने एक व्यक्ति पक्राउ
अ अ+ अ-

काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँले नेटवर्किङ व्यवसाय गरी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले १४ जना पिडितबाट नगद रु १७ लाख तीन हजार चार सय र ३६ जना पिडितबाट नगद रु ३८ लाख १९ हजार चार सय बराबरको रकम‌ ठगी गर्ने काठमाडौँ महानगरपालिका–७ चावहिल, गंगाहिटीमा रहेको भिजन ड्रिमरी प्रालिका सञ्चालक धरान उपमहानगरपालिका–१७ की ३५ वर्षीया जुनुकला राईलाई पक्राउ गरिएको जनाएको छ ।

निज राईले नेपाली कला र सीपबाट सृजित विभिन्न प्रकारका सामान उत्पादन तथा बिक्री वितरण गर्ने गराउने सम्बन्धी स्वीकृति लिई‌ इजाजतको समेत बर्खिलाप हुने गरी १६–२५ बर्ष उमेर समुहका धेरैजसो युवायुवतीलाई आकर्षक आम्दानी, विभिन्न योजना (९२५ प्रतिशत, ३५ प्रतिशत, ४५ प्रतिशत र ४६ प्रतिशत नाम दिई), वैदेशिक भ्रमण लगायतका लोभन दिई न्यूनतम ११,३०० देखि अधिकतम ५,००,००० सम्म तिरी सदस्यता बनाएकी थिइन् ।

प्रहरीका अनुसार उनीहरुलाई कम्तीमा ४ जना सदस्य बनाउन सकेमा लगानी रकम फिर्ता हुने र गर्न नसकेको खण्डमा कम्पनीबाट उत्पादित भनिएको गुणस्तर परीक्षण नभएको विभिन्न तयारी पोशाक, जुत्ता, हस्तकलाका सामाग्रीहरु बजार मूल्यभन्दा अत्यधिक ज्यादा मूल्यमा बिक्री गराउनु पर्ने शर्त राख्नुका साथै शर्त पालना नगरिएको खण्डमा लगानी रकम समेत फिर्ता नगरी लाखौँ नगद असुल गरेकी थिइन् ।

राईउपर ठगी सम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई प्रहरी वृत्त गौशालाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।