२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

प्रेमी सम्राटलाई पर्खिरहेको रहस्यमय ताल

प्रेमी सम्राटलाई पर्खिरहेको रहस्यमय ताल
अ अ+ अ-

काठमाडौं । सन् २०२१ को जुन १९ देखि २६ तारिखसम्म चिनियाँ मिडिया 'सीएमजी'मा कार्यरत विदेशी पत्रकार तथा चिनियाँ पत्रकारहरुको टोलीले चीनको सिन्च्याङ स्वायत्त प्रदेशको अवलोकन भ्रमणका क्रममा 'थिआनछ' तालको अवलोकन गरेको छ। 'थिआनछ' ताल सिन्च्याङ स्वायत्त प्रदेशको 'थिआनसान' पहाडी शृङ्खलामा पर्छ। यो उरुमुछी सहरदेखि ११० किलोमिटर पूर्वमा रहेको छ।

थिआनसान विश्वका सात पर्वतीय शृङ्खलामध्ये एक हो। यो पूर्वदेखि पश्चिमसम्म चीन, कजाकिस्तान, किर्गिजस्तान र उज्बेकिस्तान लगायत चारदेशमा फैलिएको छ। यसको लम्वाइ दुई हजार पाँच सय किलोमिटर छ भने उत्तरदेखि दक्षिणको औसत चौडाई दुई सय पचासदेखि तीन सय पचास किलोमिटर छ। यसको चौडाइमा सबैभन्दा बढीमा आठ सय किलोमिटर छ।

चिनियाँ भाषामा 'थिआन' भनेको स्वर्ग अथवा आकाश हो। 'छ' भनेको ताल हो। तसर्थ 'थिआनछ' को अर्थ स्वर्गीय ताल हुन्छ जसलाई अंग्रेजीमा 'हेभन्ली लेक' भनिन्छ। बोगडा पहाडको उत्तरी क्षेत्रमा पर्छ यो ताल। बोगडा मंगोलियन भाषाबाट चिनियाँ भाषामा आएको शब्द हो जसको अर्थ हुन्छ पहाडको देउता। बोगडा पहाड थिआनसान पहाडी शृङ्खलामा पर्दछ। यो तालको पुरानो नाम 'याओछ' अर्थात् 'जेडको ताल' भन्ने थियो। सन् १७८३ मा उरुमुछी कमाण्डर मिङलिआङले नाम परिवर्तन गरेर 'थिआनछ' बनाएका हुन्। यो ताल समुद्री सतहदेखि १९०७ मिटर उचाइमा छ र तालको क्षेत्रफल ४.९ वर्गकिलोमिटर रहेको छ। ताल ३४४ फिट गहिरो रहेको छ।

सन् २००६ मा तालको संरक्षणमा चीन सरकारले ८० करोड चिनियाँ युआन खर्च गरेको थियो। त्यस बेला ताल वरिपरीको संरक्षित क्षेत्रलाई १५८ वर्ग किलोमिटरबाट बृद्धि गरेर ५४८ वर्ग किलोमिटर बनाइएको हो। यही ताल नै चीनको सबैभन्दा उचाइमा रहेको लोकप्रिय पर्यटकीय स्थल पनि हो।

पहाडका टाकुरामा एउटा उपत्यका छ। जहाँ वरिपरी पहाडले घेरेको छ र बीचमा स्वच्छ पानी छ। पानी यति स्वच्छ छ कि १५ मिटर गहिराइसम्म स्पष्ट देख्न सकिन्छ। तालमा पुग्नका लागि पहाडी क्षेत्रमा नागबेली सडक बनाइएको छ। ताल पुग्नेभन्दा केही किलोमिटर अगाडि देखि नै त्यही तालबाट आएको पानीको निकासबाट बनेका साना झरना क्षेत्रलाई पनि पर्यटकीय विकास गरिएको छ। काठका भर्याटङ तथा कोरिडर बनाएर विभिन्न ठाउँमा आराम गर्ने स्थल तथा फोटो तथा भिडियो खिच्नका लागि फराकिला गोलाकार बरण्डा बनाइएको छ।

सुन्दरताको खानी बोकेको यो ताल आफैँमा रहस्यमय पनि छ। यस तालका बारेमा थुप्रै रोचक र रहस्यमय कथाहरु छन्। चीनमा इसापूर्वको ११०० देखि ७७१ सम्म चौ राजवंशले शासन गरेको थियो। सो समयमा चीनको पश्चिमी क्षेत्र अर्थात् सिन्च्याङमा एकजना अत्यन्त सुन्दरी युवती थिइन्। उनको नाम सी वाङमुले थियो। उनको सुन्दरताबाट लठ्ठ परेर चीनका तत्कालीन सम्राट तीन हजार वर्ष पहिले उनलाई भेट्न आएका थिए। ८ वटा घोडाले तान्ने रथमा उनी सवार थिए। तस्बिरमा चिनियाँ सम्राट चढेको आठघोडे रथ देख्न सकिन्छ। सम्राटका ती आठवटा घोडाहरु अद्भूत र फरक आठ क्षमताका थिए रे।

चिनियाँ सम्राटलाई यही तालमा लगेर सी वाङ मुले प्रश्न गरेकी थिइन् रे त्यो पनि कवितामा। उनले कवितामा सोधेकी थिइन् 'सेता बादलले निलो आकाश छुने पहाडलाई ढाकेको छ, हजारौँ पहाड पार गरेर दशौँ हजार नदी तरेर तिमी मलाई भेट्न यहाँ आउँछौ, यदि तिमी अझै पनि सशक्त र स्वस्थ छौ भने फेरि तिमी मलाई भेट्न आउँछौ?'

सम्राटले कवितामै उत्तर दिएका थिए 'चीनको मध्यभागमा गएपछि जनताको जीवनमा समृद्धि ल्याएँछु र म फेरि तिमीलाई भेट्न आउनेछु।' थाहा छैन किन राजा फर्किएन तर उनीहरुको अमर प्रेमको कहानीको साक्षी बनेको ताल अझै पनि पर्खिरहेको छ। सी वाङमुको कथा चिनियाँ मध्यशरद चाडमा पनि उल्लेख छ। चिनियाँहरूले अप्सराका रुपमा मान्ने छाङअर नामक देवी चन्द्रमा बस्छिन्। ती देवीले सी वाङमुसँग कहिल्यै नमर्ने र सदैव युवती रहने औषधी मागेर खाएकी थिइन्। त्यही भएर अहिले पनि छाङअर देवी चन्द्रमामा बस्छिन् र सेप्टेम्बर महिनामा पर्ने मध्यशरद चाडका बेला आफ्नो प्रेमीलाई भेट्न पृथ्वीमा आउँछिन्। त्यतिबेला चन्द्रमा सबैभन्दा ठूलो र बाटुलो हुन्छ भन्ने विश्वास छ। त्यो दिन चिनियाँहरु चन्द्रमा हेर्दै केक खाने गर्छन्। त्यो केक त्यही सी वाङ मुले छाङअरलाई दिएको अमर हुने औषधि हो।

पहाडमा चुचुरोमा पुग्खा साँच्चै अनौठो लाग्छ। त्यहाँको सौन्दर्य र मनमोहक दृश्यका कारणले यसलाई स्वर्गमा उत्पत्ति भएको ताल भनिएको हुनसक्छ। यो चीनको सबैभन्दा गहिरो ताल पनि हो।

यो तालका बारेमा अन्य मिथक पनि छन्। तालमा अप्सरा बस्ने कुरा त छँदैछ तर यहाँ राक्षस पनि बस्छ भनिन्छ। जस्तो बेलायको लचनेस तालमा पनि राक्षस बस्छ भनिए जस्तै यहाँ केही अनौठा आकृतिका बस्तु देखिएको भनेर इन्टरनेटमा पाइन्छ।

सन् १९८० मा एकजना पर्यटक यहाँ सूर्योदय हेर्न पुगेका थिए। तालमा विशाल गोरूजस्तो कुनै आकृति द्रुत गतिमा पौडिरहेको उनले देखे र त्यसको फोटो पनि खिचेका थिए। त्यसपछि सन् २००५ र सन् २०१३ मा अन्य व्यक्तिले पनि अनौठो आकृति तालमा देखेको बताएका छन्।

चीनको छिङ राजवंशमा यस्तो लेखिएको थियो 'एउटा सुनौलो रङको अचम्मको प्राणी यो तालमा देखियो। यसको टाउको विशाल थियो र लामा लामा सिङ थिए। यसको घाँटी लामो थियो। सिकारीहरु विश्वास गर्थे यो ड्रागन हो।'

त्यही भएर अहिलेसम्म यो ताललाई एउटा रोचक, आश्चर्यजनक, प्रेमकथाले भरिएको र रहस्यमय मानिन्छ।