३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ

महिलालाई भारतमा यौन व्यवसायमा लगाउने सोनाम पक्राउ
अ+ अ-

त्रिशूली । आकर्षक रोजगारीमा लगाइदिन्छु भन्दै नेपालबाट दलालमार्फत पुर्याइएका महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने मुख्य व्यक्तिलाई नुवाकोट प्रहरीले पक्राउ गरेको छ । नेपालबाट महिलालाई ललाइफकाई भारतमा पुर्याउने दलाल पक्राउ परेको छ वर्षपछि भारतमा कोठी सञ्चालन गर्दै आएकी सोनाम भन्ने हेरिङडोल्मा तामाङलाई नुवाकोट प्रहरीले विदुरबाट पक्राउ गरेको हो ।

नुवाकोटको शिवपुरी गाउँपालिका–१ तलाखु निवासी ४० वर्षीया उनलाई भारतबाट नेपाल आएको समयमा काठमाडौँबाट रसुवा जाँदै गर्दा पीडितले दिएको सूचनाका आधारमा शनिबार पक्राउ गरिएको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार ती महिलालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा सोमबार नुवाकोट जिल्ला अदालतबाट सात दिनको म्याद लिएर अनुसन्धान थालिएको छ ।

उनीमाथि मानव बेचबिखन तथा ओसारपसार ९नियन्त्रण० ऐनअनुसार पीडितले दिएको उजुरीमा हदैसम्म ९सर्वस्वसहित०को कारबाहीको माग गरिएको छ । “दलालले विवाह गर्नेदेखि रोजगारमा लगाइदिने भनेर झुटो आश्वासन दिई भारतको कोठीमा पुगेका पीडित दुई महिलाले दिएको उजुरीका आधारमा कोठी सञ्चालन गर्दै आएकी सोनामलाई पक्राउ गरेका छौँ”, प्रनाउ खड्काले भन्नुभयो, “नेपाली महिलालाई भारत लैजाने दलाल कुमार तामाङलाई यसअघि नै २० वर्षको कैद फैसला भइसकेको छ भने उक्त अपराधमा जोडिएकी सोनामलाई थप अन्य पीडितले सोमबार दिएको जाहेरीका आधारमा अनुसन्धान भइरहेको छ ।”

प्रहरीका अनुसार सोनामले भारतको जेबीरोडमा कोठी नं ६८ सञ्चालन गर्दै आइरहेकी छिन् । त्यहाँ उनले विभिन्न दलालमार्फत बालिका तथा महिलालाई खरिद गरेर यौन व्यवसायमा लगाउने गरेको देखिएको छ । उनलाई नेपालबाट त्यहाँसम्म बालिका तथा महिला पुर्‍याउने थप व्यक्तिलाई प्रहरीले खोजी गरिरहेको जनाइएको छ ।

नुवाकोट र काभ्रेका एक–एक महिलालाई उनले जनही पाँच लाख भारतीय रुपैयाँमा खरिद गरेर त्यहाँ यौन व्यवसायमा लगाएको पीडितले दिएको जाहेरी र प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । ती पीडित महिलालाई सिन्धुपाल्चोक जिल्लाको साविक राम्चे गाविस–१ का कुमारले बिक्री गर्न भारत पुर्‍याएका थिए ।

काभ्रेका किशोरीलाई विसंं २०७३ वैशाखमा भारतमा फेसन डिजाइनरमा रोजगार लगाइने भनेर लगिएको थियो भने नुवाकोटकी महिलालाई भारतमा गएर बिहे गर्ने र उता आफैँले होटल सञ्चालन गर्ने भनेर लगिएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।

“फरक–फरक समयमा भारतको कोठीमा पुगेका ती दुई महिला विसं २०७३ कात्तिक २५ गते भागेर नेपाल आएपछि उनीहरूले न्यायका लागि गरेको प्रयासमा सफलता मिलेको छ”, प्रनाउ खड्काले भन्नुभयो, “कोठी सञ्चालक सोनामलाई यसअघि कुमारसँगको मुद्दामा पूरक अभियोग बनाइएको थियो भने अहिले पीडितले उनलाई नै मुख्य प्रतिवादी बनाएर जाहेरी दिएका छन् ।”

नुवाकोटको पीडित महिलाले दिएको जाहेरीको आधारमा पक्राउ परेका सिन्धुपाल्चोकका कुमारलाई नुवाकोट जिल्ला अदालतले विसं २०७५ मङ्सिर १४ मा २० वर्षको कैद सजाय तोकेको थियो । कैद सजाय तोक्ने समयमा उनी ३५ वर्षका थिए । अदालतको फैसलाअनुसार कुमार विसं २०९४ मङ्सिर १४ सम्म कैद बस्नुपर्नेछ भने पीडितलाई रु ५० हजार क्षतिपूर्ति तिर्नुपर्ने तत्कालीन जिल्ला न्यायाधीश ऋषिकेश वाग्लेले गर्नुभएको फैसलामा उल्लेख थियो ।

पीडित ती महिलालाई दलालमार्फत खरिद गरेर कोठी सञ्चालन गर्दै आएकी सोनाम उक्त मुद्दामा पूरक अभियुक्त बनाइएकामा अहिले नुवाकोटसहित काभ्रेका महिलाले आफूलाई खरिद गरेर यौन व्यवसायमा लगाउने प्रमुख व्यक्ति ९प्रतिवादी० भनेर दिएको किटानी जाहेरीका आधारमा प्रहरीले थप अनुसन्धान अघि बढाएको हो । पीडितको बयान, उनको फोन तथा सामाजिक सञ्जालको सम्पर्कमा उनीले खरिद गरेका दसभन्दा बढी किशोरी तथा बयस्क महिला हालसम्म पनि सम्पर्कविहीन छन् । उनीहरू पनि सोही अपराधमा पीडित भएको हुनसक्ने प्रहरीको अनुमान छ । रासस