११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रपतिसमक्ष कोरोना महामारीे नियन्त्रणबारे जानकारी प्रस्तुत

स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रपतिसमक्ष कोरोना महामारीे नियन्त्रणबारे जानकारी प्रस्तुत
अ अ+ अ-

काठमाडौँ । सम्मानीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूसमक्ष स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड –१९ महामारीको पछिल्लो अवस्था¸यसको रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले लागु गरेका रणनीति तथा मन्त्रालयसँग सम्बद्ध विविध विषयहरूका बारेमा जानकारी गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय शेरबहादुर तामाङको नेतृत्वमा मन्त्रालयका सचिव लक्ष्मणप्रसाद अर्याल तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले आज राष्ट्रपति कार्यालयमा आयोजित एक कार्यक्रममा सो जानकारी गराउनु भएको हो । मन्त्रालयको तर्फबाट विस्तृत जानकारी प्राप्त भएपछि सम्माननीय राष्ट्रपतिज्यूले स्वास्थ्यसम्बन्धी हकलाई नेपालको संविधानले नागरिकको मौलिक अधिकारका रूपमा उल्लेख गरेको बताउदै नागरिकको जीवन रक्षा नै यस बखत सबैको प्राथमिकता भएकोमा विशेष जोड दिनुभयो ।

राष्ट्रपतिज्यूले भन्नुभयो¸ “उमेर समूह र लिङ्गअनुसार नागरिकका स्वास्थ्य समस्या र आवश्यकताहरू फरक हुन्छन्¸ महामारीको समयमा तिनको सम्बोधन गर्नु झनै अपरिहार्य हुन्छ ।” स्वास्थ्य बहुआयामिक विषय भएकाले मन्त्रालयले शिक्षा¸खानेपानी तथा सरसफाई¸वन तथा वातावरण र कृषि लगायत एवं अन्य सम्बद्ध निकायसँग निरन्तर समन्वय गरी काम गर्नुपर्ने आवश्यकता सम्माननीय राष्ट्रपतिज्यूले सो अवसरमा औँल्याउनु भयो ।

यसैगरी कोभिड –१९ महामारीसँग जुझ्न खोप एक मात्र विकल्प भएकाले सबै नागरिकका लागि यथाशीघ्र खोपको व्यवस्था गर्ने काममा प्राथमिकताका साथ अग्रसर हुन स्वास्थ्य मन्त्रालयको ध्यान आकर्षण गराउनु भयो । उक्त अवसरमा स्वास्थ्य मन्त्री शेरबहादुर तामाङले सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराई गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने नागरिकको अधिकारको संरक्षण गर्न स्वास्थ्य विमाको प्रावधानलाई सुदृढ गरिनु पर्ने बताउनु हुँदै यस विषयमा सरकारले गम्भीरताका साथ अध्ययन गरिरहेको कुरा बताउनु भयो ।

यसैगरी उहाँले महामारीका कारण हाल मानसिक रोगीहरूको संख्या समेत उल्लेखनीय रूपल बढेकाले मानसिक रोगीहरूका लागि समेत अस्पतालमा थप बेडको व्यवस्था गरिनु पर्ने आवश्यकता रहेको कुरा जानकारी गराउनु भयो । यसैगरी स्वास्थ्य तथा वातावरण सचिव लक्ष्मण अर्यालले करिब ६० लाख कोरोना विरुद्धको खोप खरिदको प्रकृया सुरू भइसकेको कुरा सो अवसरमा जानकारी दिनुहुँदै काठमाडौँमा ३०० शैया र प्रदेशहरूमा ५०/५० शैयाको सरुवा रोगअस्पताल निर्माण गरिनु पर्ने आवश्यकता रहेको कुरा बताउनु भयो ।

उक्त अवसरमा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहले कोभिड –१९ महामारी विरुद्धको खोपको न्यायिक वितरण हुनुपर्ने कुरामा जोड दिनुहुँदै नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले खोपको प्रभावकारिताको समेत अध्ययन गरिरहेको जानकारी गराउनु भयो ।