२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादीले पार्टी संसदीय दलको विधान संशोधनका लागि कार्यदल बनायो



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले पार्टी संसदीय दलको विधान संशोधनका लागि पाँच सदस्यीय कार्य दल बनाएको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकले संसदीय दलको विधान संशोधनका लागि पार्टीका प्रमुख सचेतक हितराज पाण्डको संयोजकत्वमा प्रतिनिधिसभाका सांसदहरु पूर्ण घर्ती र विमला सुवेदी तथा राष्ट्रियसभाका सांसदहरु जगप्रसाद शर्मा र गंगा बेलवासे सदस्य रहेको कार्य दल गठन गरेको हो ।

अहिलेको समग्र परिस्थितिलाई हेरेर पार्टी संसदीय दलको विधान संशोधनका लागि सो कार्यदल बनाउने निर्णय गरिएको पार्टीको प्रमुख सचेतक पाण्डेले बताउनु भयो । कार्यदललाई १ महिना भित्र पार्टी संसदीय दलको विधान संशोधनका लागि आवश्यक सुझावसहितको प्रतिवेदन दलको बैठकमा पेश गर्ने कार्यादेश पनि दिइएको छ ।

प्रमुख सचेतक पाण्डेले भन्नु भयो, ‘खासगरेर हाम्रो संसदीय दलको विधान, जो यो भन्दा अगाडि बनेको थियो । त्यसलाई अहिलेको समग्र स्थितिसहितलाई गरेर परिमार्जन गर्नुपर्ने अवस्था थियो । त्यसका लागि हामीले पाँच सदस्यीय कार्य दल बनाएका छौं । मेरो नेतृत्वमा प्रतिनिधिसभाबाट ३ जना र राष्ट्रियसभाबाट २ जना गरेर ५ जनाको कार्य दल बनेको छ । त्यसमा म हितराज पाण्डे संयोजक, प्रतिनिधिसभाबाट माननीय पूर्ण घर्ती, माननीय विमला सुवेदी र राष्ट्रियसभाबाट जगप्रसाद शर्मा र गंगा बेलबासे गरी ५ सदस्यीय एउटा कार्य दल बनाएका छौं ।

त्यो कार्य दलले एक महिना भित्र हाम्रो दलको विधानमा संशोधन गर्नुपर्ने व्यवस्था भए त्यसले आफ्नो संशोधनको लागि आवश्यक विषयसहितको प्रतिवेदन दलको बैठकमा दिने निर्णय गरेका छौं । अर्को, हामीले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक जो अहिले सदनमा प्रक्रियामा गएको छ । त्यसको साथसाथै अरु दुई वटा विधेयक पनि महत्वपूर्ण छन । संवैधानिक परिषद संशोधन सम्बन्धि विधेयक र सम्पत्ति सुद्धिकरण सम्बन्धि विधेयक । यी विधेयक सरकारका अहिले महत्वपूर्ण विधेयकहरु हुन । त्यो विधेयकलाई अगाडि बढाउनु पर्छ भनेर हामीले संसदमा माग गर्ने भनेर हामीले अर्को निर्णय गरेका छौं ।’

त्यसैगरी बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक छिटो संसदबाट पारित गराउन माग गर्ने निर्णय पनि गरेको छ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक र संवैधानिक परिषदसम्बन्धि विधेयक तथा सम्पत्ति सुद्धिकरणसम्बन्धि विधेयक पनि छिटो पारित गर्नका लागि सदनमा माग गर्ने निर्णय पनि संसदीय दलको बैठकले गरेको प्रमुख सचेतक पाण्डेले बताउनु भयो ।




भर्खरै