२२ असार २०८३, सोमबार
,
Latest
विद्युत, सडक विस्तार र खानेपानी सङ्कटबारे रास्वपा सांसदद्वारा सरकारको ध्यानाकर्षण राष्ट्रियसभा : दलित समुदायसँग गरिएको प्रतिबद्धता कार्यान्वयन माग सरकारको १०० दिनप्रति नेविसंघ असन्तुष्ट, ‘अवसर गुमेको १०० दिन’को संज्ञा रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु कर्णाली नदीमा यात्रुवाहक गाडी खस्दा पनि सरकारले उद्धारमा चासो नदिएको भन्दै ज्ञानबहादुर शाहीको आक्रोश इन्टर्न चिकित्सकहरूको समस्या तत्काल सम्बोधन गर्न सांसद ओलीको माग नेप्सेका सीइओ चुडामणि चापागाईंले दिए राजीनामा बेलौरीका तीन स्थानमा ‘फायर हाइड्रेन्ट’ जडान आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना झापामा नियमविपरीत सञ्चालित शैक्षिक परामर्श संस्था कारबाहीको दायरामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुनः सभापति बन्न बाटो खोज्दै देउवा, आज पनि ३ प्रदेशका नेताहरुसँग छलफल गर्दै



अ+ अ-

काठमाडौं । आफ्नो समूहका अधिकांश नेताको समर्थन पाएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुनः एक कार्यकालका लागि सभापति बन्न खोजेका छन् । त्यसैअन्तर्गत सभापति देउवा आन्तरिक छलफलमा जुटेका छन् । सभापति देउवाले आज पनि आफ्नो सम्भावित उम्मेदवारीबारे आन्तरिक छलफल गर्दैछन् ।

आजको छलफलमा देउवाले आज लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केन्द्रीय पदाधिकारी एवं सदस्यहरुसँग छलफल गर्न लागेका छन् । छलफलका लागि ती प्रदेशबाट प्रतिनिधित्व गर्ने देउवा समूहका नेताहरु बुढानिलकण्ठ पुगिसकेका छन् । यसअघि गत (शनिबार) प्रदेश १ र २ तथा आइतबार बागमती र गण्डकी प्रदेशका नेताहरुसँग देउवाले छलफल गरिसकेका छन् । 

आगामि भदौ १६ देखि १९ गतेसम्म कांग्रेसको १४ औं महाधिवेशन आयोजना हुँदैछ । सभापति देउवाले पुनः सभापति बन्न चाहे पनि यस पटक भने उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा दावी गरेपछि देउवालाई दबाब बढेको छ ।