२१ आश्विन २०८१, सोमबार
,
Latest
सखिया नाचमा झुम्दै कञ्चनपुरका थारु बस्ती नेपाली सेनाद्वारा पर्वतको कुश्मामा शंकास्पद वस्तु निस्क्रिय काठमाडौं महानगरपालिकाको अनुगमन: २२ पसलमा म्याद गुज्रिएका सामान भेटिए प्रधानमन्त्रीलाई दैवी प्रकोप उद्धार कोष रकम हस्तान्तरण सबैभन्दा बढी कुन देशका मानिसले पिउँछन् बियर ? हिन्दी सिनेमाको इतिहासमै लामो ट्रेलर बन्यो ‘सिंघम अगेन’को ट्रेलर, आज रिलिज हुँदै सुनको मूल्य तोलामा रु ५०० ले घट्यो ‘यूके बेक अफ: द प्रोफेसनल्स–२०२४’ को उपाधि विजेता नारायणको चर्चा चुलिँदै राष्ट्रपतिद्वारा दक्षिणकाली मन्दिरमा पूजाअर्चना-तस्बिरहरु मेलम्ची पानीको अवरोध खुलाउन मेलम्चीवासीकै घरमा पुगेर अनुरोध गर्छु: खानेपानीमन्त्री यादव
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरिक्ष उडानको ६३ औँ वार्षिकोत्सव मनाइँदै



अ+ अ-

काठमाडौँ । अन्तरिक्षमा पहिलो मानव उडानका उपलक्ष्यमा बुधबार ६३ औँ वार्षिकोत्सव मनाइँदै छ ।

आजभन्दा ६२ वर्ष पहिले मानव इतिहासमा पहिलो पटक रुसी युवक युरी गागरिनले सोभियत रकेट ‘भोस्तोक’मा गुरुत्वाकर्षणको बललाई जित्दै अन्तरिक्षमा नियन्त्रित उडान भर्ने महान् लक्ष्य पूरा गरेका थिए । यसरी पृथ्वी नजिकको कक्षमा मानवसहितको योग्य उडानको एक भव्य प्रक्रियाको प्रारम्भ भई हाम्रा पुर्खाको सपनाले एउटा साकार रूप प्राप्त भएको थियो ।

गागरिनका अतिरिक्त अन्तरिक्ष अन्वेषणका क्षेत्रमा पहिलो नाम दर्ज गराउनेमा रुसी कस्मोनाट एलेक्सी लियोनोभ -जसले पहिलो स्पेसवाक सम्पन्न गरेका थिए), भ्यालेन्टिना तेरेस्कोभा ९पहिलो महिला अन्तरिक्ष यात्री० र अन्य सोभियत र रुसी अन्तरिक्ष अन्वेषकले पृथ्वी नजिकको कक्षमा उडानको अवधि र जटिलताका लागि विश्व अभिलेख कायम गरेका छन् ।

अहिलेसम्म ३८ देशका करिब छ सय व्यक्ति अन्तरिक्षमा पुगिसकेको यहाँस्थित रुसी महासङ्घको राजदूतावासले जनाएको छ । हजारौँ वैज्ञानिक प्रयोग सम्पन्न गरिसकिएको छ, अन्तरिक्ष स्टेसन र टेलिस्कोप पृथ्वी नजिकको कक्षमा राखिएको छ । लगभग पाँच हजार कृत्रिम पृथ्वी उपग्रह ग्रहको सतहबाट विभिन्न दूरीमा अन्तरिक्षमा काम गर्छन् । अन्तरिक्ष उडानको तयारी र क्रममा दुई सय २८ जनाको मृत्यु भएको बताइएको छ ।

तत्कालीन सोभियत सङ्घ र त्यसपछि रूसी सङ्घ, धेरै अन्तरिक्ष कार्यक्रमको प्रारम्भकर्ता बन्यो र सधैँ त्यस्ता कार्यक्रमको विशेष शान्तिपूर्ण प्रकृतिको वकालत गर्दै आएको छ । विश्वका धेरै देशले विभिन्न अन्तरिक्ष अन्वेषणमा भाग लिइरहेका छन् र यस क्षेत्रमा हुने गरेको अन्तर्राष्ट्रिय सहयोगले साँच्चै ब्रह्माण्डीयस्तर हासिल गरेको राजदूतावासको विज्ञप्तिमा जनाइएको छ । रासस