६ आश्विन २०८१, आईतवार
,
Latest
एसियन च्याम्पियनसीपमा एरिकाले जितिन् ऐतिहासिक रजत नेपालले इरानमा सिनियर वर्ल्ड कप बिच कबड्डी खेल्ने मुस्ताङको सुन्दरतामा पर्यटक आकर्षित कोशी प्रदेश सभा: बजेट पारित, २२ महिनापछि समितिका सभापति चयन ‘पानी रङ्ग’को सहरमा ४७ कलाकारका ५५ कलाकृति प्रदर्शनमा सन्दीपविरुद्ध सर्वोच्च जाने महान्यायाधीवक्ता कार्यालयको निर्णय व्यवस्थित र स्वच्छ शहर बनाउने दिशामा अघि बढेका छौँ: कार्यवाहक प्रधानमन्त्री सिंह इरानको कोइला खानीमा विस्फोट, ३० जनाको मृत्यु प्रधानमन्त्रीको अमेरिका भ्रमण: को-कोसँग हुँदैछ उच्चस्तरीय भेटवार्ता मन्त्री खड्काद्वारा सुनसरी–मोरङ सिँचाइ आयोजनाको समस्या समाधान गर्न निर्देशन
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्डका कमेन्टेटरले कोहलीमाथि आरोप लगाउँदै भने – उनलाई रेकर्डको मात्रै चिन्ता छ



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को १५ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लखनउ सुपर जाइन्ट्ससँग पराजित भयो । तीन खेलमा आरसीबीको यो दोस्रो हार हो । पछिल्लो खेलमा उसले कोलकाता नाइट राइडर्ससँग पराजय ब्यहोरेको थियो । आरसीबीले मुम्बई इन्डियन्सविरुद्धको एक मात्र जित हात पारेको छ । दिग्गज ब्याट्सम्यान विराट कोहलीले लखनउविरुद्ध अर्धशतक प्रहार गरे पनि उनको टोलीले जित हात पार्न सकेन ।

म्याचको क्रममा कमेन्री गरिरहेका न्युजिल्याण्डका पूर्व खेलाडी तथा कमेन्टेटर साइमन डोलले विराटमाथि ठूलो आरोप लगाए । उनले कोहलीलाई आफ्नो रेकर्डको मात्रै ख्याल रहेको बताए । सिमोन डुलले कोहलीको अर्धशतकलाई उद्धृत गरे । विराटले एक पटक २५ बलमा ४२ रन बनाएका थिए । यसपछि उनले अर्को आठ रनका लागि १० बल लिए । आरसीबीका पूर्व कप्तानले ३५ बलमा अर्धशतक प्रहार गरे ।

साइमन डोलले के भने ?
यसबारे टिप्पणी गर्दै साइमन डोलले भने, ‘कोहलीले द्रुत गतिको रेल जस्तै सुरुवात गरे । उनी तीव्र गतिमा प्रहार गर्दै थिए । हथौडा चलाएको जस्तो लाग्थ्यो । तर, उनलाई ४२ बाट ५०) रनमा पुग्न १० बल लिए । उनी आफ्नो कीर्तिमानलाई लिएर चिन्तित थिए । मलाई लाग्दैन कि यस खेलमा यसबारे सोंच्नुपर्छ । विशेष गरी जब तपाईंसँग धेरै विकेटहरू बाँकी छन् तब तपाईंले रन बनाउन जारी राख्नुपर्छ ।’

पहिले ब्याटिङ गरेको आरसीबीले दुई विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफमा लखनउले अन्तिम बलमा नौ विकेट गुमाएर २१३ रन बनाएको थियो । लखनउले एक विकेटले खेल जित्यो । यो जितसँगै लखनउले चार खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

यस खेलमा आरसीबीका लागि विराट कोहलीले ४४ बलमा ६१, ग्लेन म्याक्सवेलले २९ बलमा ५९ र कप्तान फाफ डुप्लेसिसले ४६ बलमा अविजित ७९ रन बनाएका थिए । लखनउका लागि मार्कस स्टोइनिसले ३० बलमा ६५ र निकोलस पूरनले १९ बलमा ६२ रन जोडे ।