३ भाद्र २०८३, बुधबार
,
Latest
जनसरोकारका मुद्दामा सरकार गम्भीर भएनः हर्कराज राई चमती आयोजना र सार्वजनिक पूर्वाधार व्यवस्थापनका लागि काठमाडौं महानगरद्वारा समिति गठन भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता तस्बिरमा चीन : नेपाली फोटो पत्रकारको दृष्टिमा संस्कृति, प्रकृति र विकास बन्दुक बनाउने सामानसहित सात थान भरुवा बन्दुक बरामद शिक्षा ऐन विद्यार्थीकेन्द्रित र प्रविधिमैत्री बनाउन नेशनल प्याब्सनको माग ५० वर्षको नाडा : अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत भारतीय स्थल सेनाध्यक्षको नेपाल भ्रमण सम्पन्न तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युजिल्याण्डका कमेन्टेटरले कोहलीमाथि आरोप लगाउँदै भने – उनलाई रेकर्डको मात्रै चिन्ता छ



अ+ अ-

एजेन्सी । १६ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को १५ औं खेलमा रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) लखनउ सुपर जाइन्ट्ससँग पराजित भयो । तीन खेलमा आरसीबीको यो दोस्रो हार हो । पछिल्लो खेलमा उसले कोलकाता नाइट राइडर्ससँग पराजय ब्यहोरेको थियो । आरसीबीले मुम्बई इन्डियन्सविरुद्धको एक मात्र जित हात पारेको छ । दिग्गज ब्याट्सम्यान विराट कोहलीले लखनउविरुद्ध अर्धशतक प्रहार गरे पनि उनको टोलीले जित हात पार्न सकेन ।

म्याचको क्रममा कमेन्री गरिरहेका न्युजिल्याण्डका पूर्व खेलाडी तथा कमेन्टेटर साइमन डोलले विराटमाथि ठूलो आरोप लगाए । उनले कोहलीलाई आफ्नो रेकर्डको मात्रै ख्याल रहेको बताए । सिमोन डुलले कोहलीको अर्धशतकलाई उद्धृत गरे । विराटले एक पटक २५ बलमा ४२ रन बनाएका थिए । यसपछि उनले अर्को आठ रनका लागि १० बल लिए । आरसीबीका पूर्व कप्तानले ३५ बलमा अर्धशतक प्रहार गरे ।

साइमन डोलले के भने ?
यसबारे टिप्पणी गर्दै साइमन डोलले भने, ‘कोहलीले द्रुत गतिको रेल जस्तै सुरुवात गरे । उनी तीव्र गतिमा प्रहार गर्दै थिए । हथौडा चलाएको जस्तो लाग्थ्यो । तर, उनलाई ४२ बाट ५०) रनमा पुग्न १० बल लिए । उनी आफ्नो कीर्तिमानलाई लिएर चिन्तित थिए । मलाई लाग्दैन कि यस खेलमा यसबारे सोंच्नुपर्छ । विशेष गरी जब तपाईंसँग धेरै विकेटहरू बाँकी छन् तब तपाईंले रन बनाउन जारी राख्नुपर्छ ।’

पहिले ब्याटिङ गरेको आरसीबीले दुई विकेट गुमाएर २१२ रन बनाएको थियो । जवाफमा लखनउले अन्तिम बलमा नौ विकेट गुमाएर २१३ रन बनाएको थियो । लखनउले एक विकेटले खेल जित्यो । यो जितसँगै लखनउले चार खेलबाट ६ अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ ।

यस खेलमा आरसीबीका लागि विराट कोहलीले ४४ बलमा ६१, ग्लेन म्याक्सवेलले २९ बलमा ५९ र कप्तान फाफ डुप्लेसिसले ४६ बलमा अविजित ७९ रन बनाएका थिए । लखनउका लागि मार्कस स्टोइनिसले ३० बलमा ६५ र निकोलस पूरनले १९ बलमा ६२ रन जोडे ।