• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन ★   मच्छिम डाँडामा निर्मित ‘भ्युस्टेसन’ पर्यटकको रोजाइमा ★   फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

सलमान खानलाई मार्ने धम्की दिने १६ वर्षीय किशोर पक्राउ



एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई धम्की दिएको आरोपमा फोन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । मुम्बई प्रहरीले यसबारे जानकारी दिएको हो । धम्की दिने व्यक्ति १६ वर्षीय किशोर रहेको प्रहरीले जनाएको छ । प्रहरीले उनलाई शाहपुरबाट नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि मुम्बई ल्याएको छ ।

मुम्बई पुलिसलाई सोमबार एक व्यक्तिको फोनमा अभिनेता सलमानलाई मार्ने धम्की आएको थियो । प्रहरीले आरोपीले आफ्नो नाम रकी भाइ रहेको बताएको थियो । फोन गर्ने व्यक्तिले आफू राजस्थानको जोधपुरबाट भएको र ३० अप्रिलमा सलमानलाई मार्ने बताएका थिए ।

यसअघि पनि सलमानलाई यसप्रकारको धम्की आएको थियो । यस मामिलामा जोधपुर निवासी धाकडरामलाई पक्राउ गरिएको छ । उनले सलमानको आधिकारिक मेलमा ३ वटा इमेल पठाएका थिए । यसमा लेखिएको थियो कि ‘सलमान खान अब तिम्रो पालो छ । तिमी जोधपुर आउनेबित्तिकै सिद्धु मूसेवाला जस्तै मारिनेछौ । जोधपुर आउ ।’

यसैबीच सलमान खानले नयाँ बुलेट प्रुफ कार किनेका छन् । यो निसान पेट्रोल एसयूभी हो । उनले उक्त कार विदेशबाट आयात गरेका हुन् । हालसम्म यो गाडी भारतीय बजारमा आइसकेको छैन ।