२२ असार २०८३, सोमबार
,
Latest
स्वास्थ्यसम्बन्धी मौलिक हकको प्रभावकारी कार्यान्वयन गरिने छ : स्वास्थ्य मन्त्री नेप्से परिसूचक २६ अङ्कले घट्यो आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारका लागि सरकारले युद्ध स्तरमा काम गरिरहेको छ :  श्रम मन्त्री… काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता… सरकार लोकतान्त्रिक मूल्य–मान्यता विपरित चलेको एमालेको आरोप संस्थापन इतर पक्षले खोल्यो सम्पर्क कार्यालय, काँग्रेसलाई पुनः पहिलो पार्टी बनाउने प्रतिबद्धता पारदर्शिताका नारा दिएर सत्तामा पुगेको वर्तमान सरकार पूर्णतः अपरादर्शीः नेता आङदेम्बे संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : अध्यक्ष राई ७ हजार मिटरका हिमाल नचढी सगरमाथा आरोहण गर्न नदिने सरकारको तयारी भूमिहीन र सुकुमवासीलाई लालपुर्जा वितरण जारी रहन्छ : मन्त्री रावल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सेफ्टीटेङ्कीमा खसेर संखुवासभामा २ जनाको मृत्यु



अ+ अ-

संखुवासभा । संखुवासभामा सेफ्टीटेङ्कीमा खसेर २ जनाले ज्यान गुमाएका छन् । 

खाँदबारी नगरपालिका– ४ सेखाका नरेश गुरुङको घरमा नयाँ ट्वाईलेट बनाउने क्रममा ढलानको सेटिङ खोल्ने क्रममा उक्त सेफ्टीटेङ्कीमा खसेर २ जना मजदुरको निधन भएको हो ।

ज्यान गुमाउनेमा खाँदबारी– ५ का ३७ बर्षीय ताराबिर गुरुङ र सोही स्थान ४ का २४ बर्षीय ईश्वर बहादुर राई रहेका छन् । आइतबार साढे ६ बजे सेफ्टीटङ्की खसेर बेहोस भएका उनिहरुलाई तत्काल उद्धार गरि उपचारको लागि जिल्ला अस्पताल खाँदबारीमा लगिएको थियो । उनीहरुको उपचारकै क्रममा पौने ८ बजे मृत्यु भएको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । 




भर्खरै